कुलेखानी जलाशय भरियो : खोलियो ३१ वर्ष पछि ड्यामको ढोका

साझाकुरा
२०८१ आश्विन १२, शनिबार ०८:१९

अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान ५:४० बजे ड्यामको ढोका खोलिएको छ । ३१ वर्षपछि जलाशय भरिएर ड्यामको ढोका खोलिएको हो । यसअघि २०५० सालमा ढोका खोलिएको थियो ।

नेपाल विद्युत् प्राधिकरणको व्याकअपको रुपमा रहेको जलाशय शनिबार बिहान भरिएको थियो । जलाशयको भन्डारण गर्ने क्षमता एक हजार ५ सय ३० मिटर रहेको छ । अझ जलाशयमा क्षमता भन्दा बढी ३५ सेन्टिमिटर पानी संकलन गरिएको थियो । जलाधार क्षेत्रमा लगातार पानी परिरहेकाले ड्यामको ढोका खोल्नु परेको हो, कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टले भने,‘ विस्तारै, विस्तारै ड्यामको ढोका खोलेर जलाशयको सतह मिलाउँदै छौं ।’

उनको अनुसार अहिले प्रतिसेकेन्ड ३ सय क्युसेक पानी फालिएको छ । गत वर्ष कुलेखानी जलाशय भरिएको थिएन अहिलेको वर्ष भरिएको छ । गत वर्ष कुलेखानी जलाशयमा एक हजार ५ सय २६ मिटरमात्र पानी संकलन भएको थियो । कुलेखानी जलाशय भरिएको अवस्थामा पानी खपत गर्न कुलेखानीका तीन वटै विद्युत् गृह सञ्चालन गरिएको छ। कुलेखानी जलविद्युत् आयोजनाबाट १०६ मेगावाट विद्युत् उत्पादन हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*