महिला स्वयम्सेविकालाई अभिमुखीकरण

साझाकुरा
२०८१ आश्विन १२, शनिबार ०८:४३

हेटौंडा-महिला स्वास्थ्य स्वयम्सेविकालाई थाहा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एक दिने नाक, कान, घाँटी, तथा मुखको स्वास्थ्यसम्बन्धी अभिमुखीकरण गरिएको छ । थाहा नगरपालिका वडा नम्बर १ देखि ५ नम्बर वडासम्मका महिला स्वास्थ्यसेविकाहरु सहभागी गराएर ११ असोजमा अभिमुखीकरण गरिएको हो । नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा २० जना महिला स्वास्थ्य स्वयम्सेविकाको सहभागिता थियो । सहभागीलाई पालुङ प्राथमिक स्वास्थ्यकेन्द्रका डाक्टर पवन कार्कीले सहजीकरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*