मकवानपुरमा पहिरोले घर पुरिँदा युवतीको मृत्यु

साझाकुरा
२०८१ आश्विन १३, आईतवार १०:०३

हेटौंडा, १२ असोज÷पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा अबिरल वर्षाका कारण पहिरोमा एक घर पुरिएर एक युवतीको निधन भएको छ । शुक्रबार राति ११ बजे बागमती गाउँपालिका–३ स्थित सुक्खासल्यनीमा अविरल बर्षाको कारण रहरसिं थिङको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमिक्त प्रवक्ता प्रहरीनिरीक्षकठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।घरमाथिबाट खसेको पहिरो जाँदा घरले थिचिएर रहरसिंको छोरी २० वर्षीया फूलमाया थिङको मृत्यु भएको प्रहरीप्रवक्ता सापकोटाले जानकारी दिए ।

घटना शुक्रबार रातिको भए पनि खबर ढिला गरी प्राप्त भएको उनको भनाई छ । निरन्तरको वर्षाले मकवानपुरको अधिकांश क्षेत्रमा विद्युत अवरुद्ध हुन पुगेको छ । इन्द्रसरोबर, मकवानपुरगढी, राक्सिराङ, कैलाश, बागमतीलगायत गाउँपालिकामा शुक्रबार रातिबाटै विद्युत अवरुद्ध भएको छ ।यसैगरी, हेटौंडामा शनिबार बाढीमा फसेका ४ जनाको उद्दार गरिएको छ । अविरल वर्षासँगै हेटौंडा उपमहानगरपालिका–४ स्थित कर्राखोलामा आएको बाढीमा फसेका चारजनाको उद्दार गरिएको हो । उनीहरुको जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उद्दार गरेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*