भीमफेदीको माण्डु हाईड्रोपावर बागमतीले बगायो

साझाकुरा
२०८१ आश्विन १३, आईतवार १०:०९

हेटौंडा- मकवानपुरको भीमफेदी गाउँपालिका–८ ईपापञ्चकन्यामा रहेको माण्डु हाइड्रोपावर बगाएको छ । बागमती नदीमा आएको भिषण बाढीले २२ मेगावाटको माण्डु हाइड्रोपावर बगाएको पब्लिक रिलेशन अफिसर बिनोद अधिकारीले जानकारी दिए ।बाढीले हाइड्रोपावरको विद्युत उत्पादनगृहका संरचना सबै बगाएको र कंक्रिटको संरचनामा मात्रै बाँकी रहेको जानकारी दिए । पावर हाउसको घरभित्रको स्वीच प्याडसहितका सबै सामान बाढीले बगाएको अधिकारीले बताए ।

हाईड्रोका कर्मचारी बस्ने ७ वटा क्याम्पमध्ये दुईवटा क्याम्प मात्रै बाँकी रहेको अधिकारीले जानकारी दिएका छन् । हाइड्रोस्थित ४४ वटा टावरमध्ये १ नम्बरको टावर बगाएको र २ नम्बरको टावर पनि खोलाले बगाउने अवस्थामा रहेको उनको भनाई छ । हाइड्रोपावरको सुरुङ भने हालसम्म सुरक्षित रहेको उनले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*