सिस्नेरी पहिरोमा पुरिएका तीन बालकको शव हेटौंडा ल्याइयो

साझाकुरा
२०८१ आश्विन १५, मंगलवार १०:०९

हेटौंडा- मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ स्थितबत्सलादेवी माविमा रहेको एन्फा एकेडेमीका ३ बालकको शव सोमबार हेटौंडा ल्याइएको छ ।हेटौंडा–१२ का अनुपम घलान, मकवानपुरगढी गाउँपालिकाका साइमन योन्जन र बारा निजगढ नगरपालिकाका विकल रेग्मीको शव हेलिकप्टरबाट हेटौंडा–११ थानाभ¥याङस्थित बागमती प्रदेश प्रहरी कार्यालयमा ल्याइएको थियो । त्यहाँबाट गाडीमा शव ल्याएर हुप्रचौरमा श्रद्धाञ्जलीसभाको आयोजना भएको थियो ।

जिल्ला खेलकुद विकास समिति मकवानपुरले श्रद्धाञ्जलीसभा आयोजना गरेको हो ।अखिल नेपाल फुटबल संघ (एन्फा) को सिस्नेरी एकेडेमीका ६ जना बालकको शनिवार सिस्नेरीमा पहिरोले पुरिएर मृत्यु भएको थियो । सोही दिन साँझ नेपाली सेनाको हेलिकप्टरमा काठमाडौंस्थित शिक्षण अस्पताल लगिएको शव सोमबार हेलिकप्टरबाटै हेटौंडा ल्याइएको थियो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाकाअनुसार सर्लाहीका १३ वर्षीय आदित्य बलमपाकी, काठमाडौं कलंकीका ११ वर्षीय प्रियान्स आचार्य र मकवानपुर सिस्नेरीका १४ वर्षीय दिवस बानियाँको पहिरोमा पुरिएर मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*