वनदेबी आधारभूत विद्यालयको अभिभावक भेला

साझाकुरा
२०८१ आश्विन १६, बुधबार १६:३५

हेटौंडा- हेटौंडा–१५ मा रहेको वनदेवी आधारभूत विद्यालयको ३४ औं अभिभावक भेला भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर घिमिरेको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ का वडाअध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यतामा भेला भएको हो ।कार्यक्रममा शिक्षा विकास महाशाखा, हेटौंडा उपमहानगरपालिका वरिष्ठ विद्यालय निरीक्षक हरिचन्द्र सापकोटाको बिशेष आतिथ्यता रहेको थियो । भेलामा विद्यालयका प्रधानाध्यापक जयप्रसाद पोखरेलले बितेको आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन चालु आर्थिक वर्षको यथार्थ आयव्यय र आउँदो आर्थिक वर्षको अनुमानित आयव्यय प्रस्तुत गरेका थिए ।

भौतिक प्रगति समिक्षा प्रतिवेदन र चालु शैक्षिक सत्र २०८१ को प्रस्तावित ४८ वटा योजना विद्यालयको तर्फबाट सहायक प्रधानाध्यापक एवम् सूचना अधिकारी कुमार रुम्बाले प्रस्तुत गरेका थिए ।भेलामा प्रस्तुत सबै प्रतिवेदन केही सुझावसहित सर्वसहमतिबाट पारित भएका छन् । शिक्षक प्रतिनिधि सुशीला लामाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम भावना सापकोटाले सहजीकरणा गरेकी थिइन् । भेलाको अवसरमा शैक्षिक सत्र २०८० मा कक्षा प्रथम, द्वितीय, तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

त्यसैगरी विद्यालय प्रथम हुन सफल आसमान लामा लोप्चन, सरसफाइको विधातर्फ कक्षा १ की अश्णु तामाङ, अनुशासनतर्फ कक्षा ७ का अभिषेक थिङ र उच्चहाजिरीतर्फ कक्षा ७ की विन्दिया थिङ प्रशंसापत्रसहित सम्मानित भएका छन् । उत्कृष्ट असल अभिभावकको रुपमा रिमनी लामा र दीपक लामालाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।यसै विद्यालयमा ३० वर्ष ४ महिना ८ दिन सेवा पूरा गरी अनिवार्य अवकास भएका शिक्षक उमाकुमारी ढुंगेललाई दीर्घसेवा सम्मान प्रदान गरिएको थियो ।

विद्यालयबाट अन्यत्र सरुवा तथा बढुवा भई गएका शिक्षक उमाकुमारी कोइराला, दीपुकुमार थापा, रत्नबहादुर स्याङ्तान, इश्वरीप्रसाद दाहाल र अनिल धमलालाई प्रशंसापत्रसहित फेरि फेटौंला कार्यक्रम गरिएको थियो । भेलाकै अवसरमा १ जना अपा· सहित ११४ जना दलित तथा छात्रालाई छात्रवृत्ति वितरण गरिएको भेलाबाट वबिता रानाको अध्यक्षतामा ७ सदस्यीय शिक्षक अभिभावक संघ २ वर्षे कार्यकालका लागि गठन भएको
छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*