रातोमाटेबाट लागूऔषधसहित युवक पक्राउ

साझाकुरा
२०८१ आश्विन १७, बिहीबार १०:०४

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेस्थित पूर्व–पश्चिम सडक खण्डबाट लागूऔषध ओसारपसार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाँउपालिका वडा नं. ८ बस्ने वर्ष ३४ को शंकर तितुङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरीनिरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिएका छन् । प्रहरीनिरीक्षक सापकोटाका अनुसार, उनलाई मंगलबार प्रहरीचौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरीटोलीले पक्राउ गरेको हो ।

वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ८१८१ नम्वरको यात्रुबाहक बस रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार तितुङको साथबाट लाऔषध ओनरेक्स १०० एम.एल.को १५ बोतल बरामद भएपछि निजलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई जिल्ला अदालत मकवानपुरमा उपस्थित गराई लागूऔषध कसुर मुद्दामा १५ दिनको म्याद थप अनुमती लिई कानूनी प्रक्रिया अगाडि बढाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*