भीमफेदीस्थित माण्डु हाइड्रोपावरमा एकअर्ब बढीको क्षति

साझाकुरा
२०८१ आश्विन १८, शुक्रबार ११:००

हेटौंडा-असोज ११ र १२ गतेको अविरल वर्षाले बागमतीमा आएको बाढीले मान्डु हाइड्रोपावरकम्पनीमा ठूलो क्षति पुगेको छ । भीमफेदी–८ बागमती दोभानमा उत्पादनगृह राखेर विद्युत उत्पादन गर्दै आएको मान्डु हाइड्रोपावरको हेडवक्स, पावर हाउस, पेनष्टक पाइप र विद्युतको टावर क्षतिग्रस्त बनाएको हो ।२०७५ सालदेखि २२ मेगावाट विद्युत उत्पादन गर्दै आएको निजीक्षेत्रको लगानी रहेको हाइड्रोपावरको बागमतीको बाढीले करिब १ अर्व रुपैयाँ भन्दा बढी क्षति पु¥याएको प्रमुख संचालकअधिकृत सुन्दर श्रेष्ठले बताए । ‘बागमतीमा आएको बाढीले हाइड्रोपावरलाई कल्पनै नगरेको क्षति पु¥यायो,’ उनले भने ।

पहिरोले काठमाडौंदेखि सिस्नेरीसम्मको मोटरबाटो क्षतिग्रस्त बनाएको, बाढीले सिस्नेरी बजार बगाएको र सिस्नेरीबाट ८ किलोमिटरको दुरीमा रहेको माण्डु हाइड्रोपावर कम्पनीको पावरहाउस पुग्न सिस्नेरीबाट जानुपर्छ । बाढीले त्यो मोटरबाटो पनि क्षतिग्रस्त बनाएको छ । बागमतीमा आएको बाढीले ६०० मिटर पेनष्टकमध्ये सय मिटर पेनष्टक पाइप क्षतिग्रस्त बनाएको संचालक श्रेष्ठले बताएका छन् ।
२ हजार ४ सय २४ मिटर लामो मुख्य सुरुङलाई पनि क्षति पु¥याएको हुनसक्ने संचालकअधिकृत श्रेष्ठले बताए । ‘पानी सुकाएर हेरेपछि मात्र थाहा हुन्छ, सुरुङमा कति क्षति छ भनेर’ उनले भने ।

बाढीपहिरोका कारणले अहिले यो क्षेत्रमा विद्युत र टेलिफोन सेवा अवरुद्ध छ । बाढीले क्षतिग्रस्त बनाएको हाइड्रोपावर संचालनमा आउन कम्तिमा ७–८ महिना लाग्ने संचालकहरुले बताएका छन् ।काठमाडौंबाट फोहोर बटुल्दै बगेको बागमती खोलाको पानीबाट मकवानपुरको भीमफेदी गाउँपालिका–८ इपापन्चकन्याको बगरवेसीस्थित विद्यृतगृहबाट विद्युत उत्पादन गर्दै आएको छ । निजीक्षेत्रको माण्डु हाइड्रोपावर कम्पनी र चाइनिज कम्पनीको संयुक्त लगानीमा बागमतीको पानीबाट विद्युत उत्पादन गरिएको थियो ।

माण्डु हाइड्रोपावर कम्पनीले चार अर्ब रुपैयाँको लगानीमा बागमती साना जलविद्युत आयोजनाको निर्माणकार्य २०७२ जेठबाट सुरु गरेको थियो । बागमती र कोगटेको पानी इपापन्चकन्या दोभानमा १० देखि १३ मिटर उचाईको बाँध बनाएर सुरुङमार्फत् इपापन्चकन्याको बगरवेसीस्थित पावरहाउसमा पु¥याएर विद्युत उत्पादन हुँदै आएको थियो ।बागमतीमा निर्माण गरिएको ५५ मिटर लामो बाँधलाईबाढीले क्षति पु¥याएको छ । बाँध हुँदै सुरुङबाट प्रतिसेकेन्ड १२ दशमलव ४ क्युसेक पानी बग्नेगर्छ । बागमतीमा निर्माण गरिएको बाँधबाट पावरहाउस (विद्यूतगृह) २ हजार ४ सय ४० मिटरको दुरीमा छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*