मकवानपुरमा १८ महिने शिशुसहित दुईजनाको मृत्यु

साझाकुरा
२०८१ आश्विन १८, शुक्रबार ११:०४

हेटौंडा- मकवानपुरको पश्चिमीक्षेत्रस्थित मनहरी गाउँपालिका–६, प्रतापपुरमा १८ महिने शिशुको घरनजिकैको कुलोमा डुबेर मृत्यु भएको छ ।बुधबार श्याम प्रजाको छोरा १८ महिनाको सामुयल प्रजा घरनजिकै खेल्दै जानेक्रममा घरदेखि ५० मिटरको दुरीमा रहेको कुलोमा डुबिरहेको अवस्थामा भेटिएको थियो । अचेत अवस्थामा भेटेको शिशुलाई उपचारका लागि मनहरी अस्पताल पु¥याइएको थियो । मनहरी अस्पतालका चिकित्सकले शिशुलाई मृत घोषित गरेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

यसैगरी, मनहरी गाउँपालिका स्थित राप्तीखोलाले बगाएर एकजनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका–६ का ५५ वर्षीय भद्रबहादुर राईलाई गोठालो जानेक्रममा सोमबार राप्तीखोलाले बगाएर बेपत्ता पारेको थियो । मनहरी कत्लेखोला स्थित सशस्त्र प्रहरी पोस्टका प्रहरी र स्थानीयवासीले खोजी गर्ने क्रममा मनहरीकै मचानमा घाइते अवस्थामा राईलाई फेला पारेका थिए ।राईको प्रारम्भिक उपचार मनहरीस्थित मनहरी अस्पतालमा गरिएको थियो । उनको थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको थियो । उपचारका क्रममा राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*