मदन भण्डारी प्रतिष्ठानमा रजिष्ट्रार र संयोजक नियुक्त

साझाकुरा
२०८१ आश्विन १९, शनिबार १३:१७

हेटौंडा- हेटौंडास्थित बागमती प्रदेश सरकार मातहतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिष्ट्रार र संयोजक नियुक्त भएका छन् । नवनियुक्त उपकुलपतिले सपथ लिएसँगै दुई रिक्त पदमा परिपूर्ति गरेका हुन् ।शुक्रबार प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा.प्रदीप ज्ञवालीको सिफारिसमा सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले रजिष्ट्रार र संयोजक नियुक्त गरेकी हुन् । स्वास्थ्य मन्त्री किरण थापाको सहमतिमा उनीहरुको नियुक्त गरिएको हो । ज्ञवालीले शुक्रबार नै मुख्यमन्त्री बहादुरसिं लामाबाट सपथ लिएका थिए ।प्रतिष्ठानको संयोजकमा चिरञ्जीवी चुडाल नियुक्त भएका छन् । उनी दोस्रो कार्यकालका लागि संयोजक पदमा नियुक्त भएकाहुन् । यसअघि पनि २०७७ मा उनी प्रतिष्ठानको संयोजकमा नियुक्त भएका थिए ।

उनी ४ वर्षे कार्यकाल सकेर गत भदौ १४ मा बिदा भएका थिए ।रजिष्ट्रारमा हेटौंडा–४ का भीमसागर गुरागाई नियुक्त भएका छन् । उनी जनस्वास्थ्य कार्यालय रसुवाको प्रमुख रहेर काम गर्दै आएका थिए । जनस्वास्थ्य अधिकृतस्तर सातौं तहका गुरागाईं हालै जनस्वास्थ्य कार्यालय मकवानपुरमा सरुवा भइ आएका थिए । प्रतिष्ठानको रजिष्ट्रार बन्न उनी जनस्वास्थ्य कार्यालय मकवानपुरबाट तलबभत्ता नबुझ्ने गरी काजमा रजिष्ट्रारको जिम्मेवारी लिएका हुन् । उनको जिम्मेवारी अवधि ४ वर्षको हुनेछ । उपकुलपति डा. ज्ञवालीले रजिस्ट्रार गुरागाई र संयोजक चुडाललाई शुक्रबार नै सपथ गराएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*