बाढीपहिरो पीडितलाई एकीकृत हटिया ग्रुपको राहत

साझाकुरा
२०८१ आश्विन २२, मंगलवार १२:५९

हेटौंडा-एकीकृत हटिया ग्रुपले मकवानपुरको बागमती र बकैयाका बाढीपहिरो पीडितलाई राहत वितरण गरेको छ । सोमबार हेटौंडा–१६ र १७ नम्बर वडाका युवाले खाद्यान्नसहित लत्ताकपडा लिएर गतहप्ताको अविरल वर्षाबाट पीडित भएका बागमती र बकैया गाउँपालिकामा पुगेका थिए ।उनीहरुले बकैया गाउँपालिका ४१ र बागमती गाउँपालिकाका १३ घरधुरीलाई करिब चार लाख रुपैयाँ बराबरको सामग्री जनप्रतिनिधिमार्फत् हस्तान्तरण गरेका हुन् ।

ग्रुपले बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान र बकैयामा गाउँपालिका अध्यक्ष धर्म लामिछानेलाई चामल, तेल, भाडकुँडा, लत्ताकपडालगायत सामग्री हस्तान्तरण गरेका थिए ।कार्यक्रम संयजोक शुक्रराज प्रजाका अनुसार हटिया ग्रुपका युवाले स्थानीय व्यवसायी र आफूहरुबाट संकलन गरेको रकमबाट राहत सामग्री खरिद गरेका थिए । खाद्यान्न वितरणका लागि हटिया ग्रुपलाई राजेश रुगंटा, राजु अधिकारी र दीपक आचार्यले विशेष सहयोग गरेका थिए । पछिल्लो समय हटिया ग्रुपले विभिन्न क्षेत्रमा सामाजिक क्रियाकलाप गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*