एएफसी यु–१७ एसियन कप छनोट खेल्दै मकवानपुरका तीन खेलाडी

साझाकुरा
२०८१ कार्तिक ५, सोमबार ११:१४

हेटौंडा- एएफसी यु–१७ एसियन कप छनोटमा सहभागी हुन कतार जाने फुटबल टोलीमा मकवानपुरका तिन खेलाडी परेका छन ।फुटबलको उर्बर भुमी भनेर चिनिने मकवानपुर बाट पछिल्लो समय नेपाली राष्ट्रिय टोलीमा मात्र नभई युथ लेभलको राष्ट्रिय टिममा समेत मकवानपुरे खेलाडीको दबदबा रहेको छ ।जसमा गोलरक्षक बिशेष बानियाँ डिफेन्डर भुवन कामी र फरवार्ड सन्तोष गोङ्बा रहेका छन । बिशेष बानियाँ (गोलरक्षक) हेटौंडा घर भएका उनी एन्फाको युथ परियोजना अन्तर्गत न्युरोड टिम एनआरटीको युथ एकेडेमीमा रहेर प्रशिक्षण गरेका खेलाडी हुन । उनी ल्याबोरेटरी स्कुलमा कक्षा ११ मा अध्ययनरत छन ।

एक बर्ष अघि भुटानमा भएको साफ अन्डर १६ फुटबल प्रतियोगितामा पनि उनी सहभागी भएका थिए । उनी सानै देखी फुटबलमा रुची राख्थे । उनले स्कुल लेभलको प्रतिष्ठित प्रतियोगिताहरु सैनीक कप, आईजिपि कप लगाएतको प्रतियोगिताहरुमा उत्कृष्ट प्रर्दशन गरेर आफुलाई प्रमाणित गरिसकेका छन । बिशेष न्युरोट टिम एन आर टि को युथ १८ टिमको खेलाडी समेत हुन ।हेटौंडाकै सन्तोष गोङबा (फरवार्ड) निकै मेहेनती खेलाडी हुन । उनी हेटौंडाको नारायणी कलेजमा ११ मा अध्ययनरत् छन् । एक बर्ष अघि भुटानमा भएको साफ अन्डर १६ फुटबल प्रतियोगिता र भर्खरै सम्पन्न साफ अन्डर–१७ प्रतियोगितामा महत्वपुर्ण खेलाडी हुन । स्थानीय प्रतियोगितामा आफुलाई प्रमाणित गरेकासन्तोष न्युरोट टिम एनआरटीको युथ १८ टिमको खेलाडी समेत हुन ।

भुवन कामी (डिफेन्डर) सात बर्षको उमेरमा बिजुलीको ट्रान्सफर्मरमा परेर दोस्रो जिवन पाएका उनको बाल्यकाल दुखैदुखमा बितेको छ । हेटौडा–१० भुटनदेबी रोड बस्ने भुवन पनि एन्फाको युथ परियोजना अन्तर्गत त्रिभुवन आर्मी युथ एकेडेमीमा रहेर प्रशिक्षण गरिरहेको खेलाडी हुन । उनी सैनिक स्कुलमा कक्षा ९ मा अध्ययन गर्छन ।सानै देखी फुटबलमा रुची राख्ने भुवनले स्कुल लेभलको प्रतिष्ठित प्रतियोगिता सैनीक कपका इर्मजिङ खेलाडीको उपाधी जितेका थिए । एक बर्ष अघि भुटानमा भएको साफ अन्डर १६ फुटबल प्रतियोगिता र भर्खरै सम्पन्न साफ अन्डर १७ प्रतियोगितामा महत्वपुर्ण खेलाडी हुन । छनोटको समूह ‘एफ’मा नेपाल, जापान, कतार र मंगोलिया छन् । नेपालले अक्टोबर २३ मा जापानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले अक्टोबर २५ मा घरेलु टोली कतार र अक्टोबर २७ मा मंगोलियाको संग खेल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*