जेसीज सप्ताहव्यापी सुरु, साइकल रेसमा ठाकुर प्रथम

साझाकुरा
२०८१ कार्तिक ७, बुधबार ०९:४८

हेटौंडा- सामाजिक परोपकारमा सक्रिय हेटौंडा जेसीजको सप्ताहव्यापी कार्यक्रम ‘जेसीज सप्ताह २०२४’ मंगलबारबाट सुरु भएको छ । पहिलो दिन हेटौंडाको सिचाईं टोलदेखि मनकामना मन्दिरसम्म साइकल रेस प्रतियोगिता भएको छ ।प्रतियोगितामा राजिव ठाकुर प्रथम भएका छन् । त्यस्तै आशिष थापा दोस्रो र रवि कृष्ण नकर्मी तेस्रो भएका छन् । क्रमश विजेतालाई ९ हजार, दोस्रो हुनेलाई ६ हजार र तेस्रो हुनेलाई ३ हजार रुपैयाँसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए । प्रतियोगितामा १५ जना सहभागी थिए ।

जेसीज अध्यक्ष विकेशलाल श्रेष्ठको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष विष्णु गोपाल महर्जनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष राजेश मोहन प्रधानलगायत पूर्व अध्यक्षहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको संयोजन अशोक सिंले गरेका हुन् ।कात्तिक ७ गते बिहान ७ बजे हेटौंडा–१५ चिप्लेटीस्थित सामुदायिक विद्यालयमा विहान शैक्षिक सामग्री वितरण कार्यक्रम, कात्तिक ८ गते बिहान ७ बजे हुप्रचौरमा रक्तदान कार्यक्रम र सोही दिन बिहान ९ बजे सितल महलचोकमा स्लो मोटरबाइकल प्रतियोगिता हुने जनाइएको छ ।

कात्तिक ८ गते नै दिउँसो ४ बजे हेटौंडा–९ मा लागूऔषध दूव्र्यशनी विरुद्धको सचेतना कार्यक्रम आयोजना गरिने र कात्तिक ९ गते समापन तथा पुरस्कार वितरण कार्यक्रम रहेको मुल कार्यक्रम संयोजक विवेक आनन्द न्यौपानेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*