चौघडा मक्राञ्चुली कृषि सडक सञ्चालनमा

साझाकुरा
२०८१ कार्तिक ७, बुधबार ०९:५७

हेटौंडा- असोज १०, ११ र १२ गतेको अविरल वर्षाले अवरुद्घ बनेको चौघडा मक्राञ्चुली कृषि सडक मंगलवारदेखि सञ्चालनमा आएको छ ।हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ र मकवानपुरगढी गाउँपालिका ३ नम्बर वडा कार्यालयको प्रयासमा सडक सञ्चालनमा आएको हो । उक्त बाटो सञ्चालनमा ल्याउन हेटौडा उपमहानगरपालिकाले मेशिन उपलबध गराएको थियो ।

बाटो सञ्चालनमा आएपछि कृषि उपज बजारसम्म ल्याउन र लैजान सजिलो हुनुको साथै साना सवारीसाधन सञ्चालन गर्न सजिलो भएको मकवानपुरगढी–३ का वडा अध्यक्ष भागवत घिमिरेले बताए ।वनडढेलो नियन्त्रण गर्न, वन पैदावार निकाल्न सजिलो हुने र बजारसम्म पुग्न पनि सुविधा हुने रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए । चौघडा मक्राञचुली कृषि सडक २ किलोमिटर छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*