हेटौंडा जेसीजको वक्तृत्वकला प्रतियोगितामा विवेक प्रथम

साझाकुरा
२०८१ कार्तिक ८, बिहीबार ११:३०

हेटौंडा- जेसीआई हेटौँडाले जेसीज सप्ताहको दोस्रो कार्यक्रमको रुपमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा विवेक आनन्द न्यौपाने उत्कृष्ट वक्ता घोषित भएका छन् ।मंगलबार हेटौँडा–९ स्थित जेसीआई हेटौँडाको सचिवालयमा भएको वक्तृत्वकलामा सहभागी ११ जना मध्ये न्यौपानेले प्रथम स्थान हासिल गरेका हुन् । न्यौपाने लगातार तेस्रो वर्ष प्रथम भएका हुन् । प्रतियोगितामा किरण आले दोस्रो भए भने छोइसाङ लामा तृतीय भए । ‘कार्य, प्रतिबिम्ब, रुपान्तरण’ शीर्षकमा वक्ताहरुले आ–आफ्ना धारणा राखेका थिए । जेसीआई हेटौँडा वर्ष २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठले आफ्नो कार्यकालको नारा नै ‘कार्य, प्रतिबिम्ब, रुपान्तरण’ बनाएका छन् ।

युवा पुस्ताको कार्यले आकार अर्थात् एउटा प्रतिबिम्ब प्राप्त गर्नुपर्ने र त्यसले समाजमा रुपान्तरण ल्याउने अध्यक्ष श्रेष्ठको भनाई छ । वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सहभागीले क्रमशः ३, २ र १ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । जेसीज सप्ताहको समापन समारोहमा पुरस्कृत गरिने जनाइएको छ । वक्तृत्व कलाको प्रमुख निर्णायकमा पूर्वअध्यक्ष गणेश कुमार श्रेष्ठ, निर्णायकमा पूर्वअध्यक्षहरु कुश कुमार रिजाल र दीपक राज मिश्र रहेका थिए ।जेसीआई हेटौँडाका अध्यक्ष विकेशलाल श्रेष्ठको अध्यक्षता तथा पूर्वअध्यक्ष अशोक शाक्यको प्रमुख आतिथ्यमा वक्तृत्वकला प्रतियोगिता भएको हो । वक्तृत्वकला प्रतियोगिता किरण आलेको संयोजकत्वमा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*