सडकलगायतका पूर्वाधार पुननिर्माणका लागि प्रदेश सरकारको ध्यानाकर्षण

साझाकुरा
२०८१ कार्तिक ९, शुक्रबार १०:०४

हेटौंडा-गत असोजको दोस्रो साताको बाढीपहिरोका कारण अति प्रभावित मकवानपुरको बकैया गाउँपालिकाले बागमती प्रदेश सरकारलाई सडक लगायतका पूर्वाधार पुनर्निर्माणका लागि ध्यानाकर्षण गराएको छ ।बाढीपहिरोबाट मकवानपुरमा सबैभन्दा बढी क्षति भएको पालिकामध्येको एक बकैया गाउँपालिकाले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पुगेर मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई बाढीपहिरोले पालिकाभित्रका भौतिक संरचनामा पु–याएको क्षति र त्यसपछिको समस्याका बारेमा ध्यानाकर्षण गराएको हो ।

गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने नेतृत्वको टोलीले पालिकाभित्रको एउटा, ललितपुर र मकवानपुरको बकैया गाउँपालिका जोड्ने पाँचवटा गरी छ वटा झोलु·े पुलमा असोजको दोस्रो साता अविरल वर्षापछिको बाढीपहिरोले पु¥याएको क्षतिका बारेमा मुख्यमन्त्री लामालाई जानकारी गराएको हो ।गाउँपालिका अध्यक्ष लामिछानेले पालिकाको वडा नं. १० अर्थात् साबिक मन्थली गाविसमा बाढीपहिरोले सबैभन्दा बढी क्षति पु¥याएको बताउँदै यो वडासम्म पुग्ने सबै पहुँचमार्ग बाढीपहिरोले क्षतविक्षत बनाएको बताए । उनले पालिकाभित्रका विभिन्न वडामा बाढीपहिरोले सडक संरचनामा क्षति पु¥याएका कारण सात किमि सडकको नयाँ ट्रयाक खोल्नुपर्ने अवस्था आएको मुख्यमन्त्रीलाई जानकारी गराउँदै पुनर्निर्माणमा सहयोग गर्न आग्रह गरिएको बताए ।

मुख्यमन्त्री लामाले विपत् व्यवस्थापन कोषबाट अतिप्रभावित स्थानीय तहलाई १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरिसकेको बताउँदै प्रदेश सरकारको साधनस्रोतले भ्याएसम्म भौतिक संरचना पुनर्निर्माणमा सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाए । पालिकाभित्रको सडक संरचना निर्माणमा मात्र साढे १० करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।बाढीपहिरोले पु¥याएको क्षतिका बारेमा ध्यानाकर्षण गराउन पालिका अध्यक्ष लामिछाने, वडा नं. ११ का वडाध्यक्ष गोपाल लामा, वडा नं. १० का वडाध्यक्ष कमला वाइबा, पूर्ववडाध्यक्ष सोम तिमिल्सिना सहितको टोली गएको थियो । असोजको दोस्रो साताको बाढीपहिरोबाट सबैभन्दा बढी क्षति पुगेका मकवानपुरको बकैया, भीमफेदी र इन्द्रसरोवर गाउँपालिकालाई नेपाल सरकारले विपत् संकट स्थानीय तह घोषणा गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*