थाहामा राष्ट्रपति रनिङशिल्ड र मेयरकप भलिबल सुरु

साझाकुरा
२०८१ कार्तिक ३०, शुक्रबार ११:३८

हेटौंडा- थाहा नगरपालिकाको वार्षिक खेलतालिम अनुसार २९ कार्तिकबाट सातौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयरकप भलिबल प्रतियोगिता सुरु भएको छ ।थाहा नगरपालिका–३ इन्द्रायणीचौर खेलमैदानमा सुरु भएको प्रतियोगिताको एक समारोहकाबीच थाहा नगरप्रमुख विष्णुबहादुर विष्टले उद्घाटन गरे । १ मंसिरसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख विष्टले खेलकुद क्षेत्रको विकासका लागि थाहा नगरपालिका खेलकुदमा बजेट बढाउँदै लैजाने बताए । उनले अहिले देशकै अवस्थाका कारण पालिकाको पनि खेलकुदमा बजेट कम भएको उनको स्वीकारोक्ती थियो ।

खेलकुद विकास समिति थाहानगरका संयोजक टीकाराम स्याङ्तानको अध्यक्षतामा भएको उद्घाटन समारोहमा उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी तथा राजनीतिक दलका प्रमुखहरु, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमका अतिथिलाई थाहानगर शिक्षा तथा युवा खेलकुद शाखाप्रमुख माधवविक्रम मल्लले स्वागत गरेका थिए ।

थाहानगरका ६ संस्थागत सहित १७ वटा माविका कक्षा १२ सम्मका १८ वर्ष ननाघेका विद्यार्थीले प्रतियोगितामा सहभागीता जनाएका छन् । राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद २५ हजार शिल्ड मेडल र प्रमाणपत्र, द्वितीय हुने विद्यालयले नगद १५ हजार शिल्ड मेडल र प्रमाणपत्र, तृतीय हुने विद्यालयले नगद १० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामै अंक जोडिने गरी संचालन भएको मेयरकप भलिबल प्रतियोगिताको छात्र र छात्रातर्फ हुने प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद १५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय हुने विद्यालयले नगद १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, तृतीय हुने विद्यालयले नगद ५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

मेयरकप भलिबल प्रतियोगिता अन्र्तगत मार्चपास तथा भलिबल प्रतियोगिताको अकं राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा जोडी समग्र प्रतियोगिताको विजेता घोषणा गरिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*