दियालोको शेयरपूँजी ६३ लाख ९५ हजार
हेटौंडा-हेटौंडा उपमहानगरपालिका–३ मा रहेको दियालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौं वार्षिक साधारणसभामा शनिबार सम्पन्न भएको छ ।९ सय ४८ जना शेयरसदस्य आबद्ध रहेको सहकारीको शेयरपुँजी ६३ लाख ९५ हजार ६०० सय रुपैयाँ रहेको छ । संस्थाका अध्यक्ष दीपक बर्तौलाको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघको सचिव बीरेन्द्रप्रसाद ढुंगानाको प्रमुख आतिथ्यता साथै हेटौंडा–३ का वडाध्यक्ष ढलकबहादुर थापाको विशेष आतिथ्यता रहेको थियो ।
साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष बर्तौलाले आर्थिक वर्ष २०७९÷८० मा सहकारीको शेयर पुँजी ६२ लाख ५३ हजार ५ सय रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८०÷८१ मा सहकारीको शेयरपूँजी ६३ लाख ९५ हजार ६०० सय रुपैयाँ पु¥याएको बताए । कार्यक्रममा संस्थाका कोषाध्यक्ष पशुपति नहर्कीले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा समितिको प्रतिवेदन लेखा समितिका सदस्य देवीकुमारी थिङले प्रस्तुत गरेकी थिइन् । ३ करोड ८७ लाख ९६ हजार ३ सय ५४ निक्षेप रकम रहेको सहकारीको कुल कर्जा लगानी २ करोड ८३ लाख ९६ हजार ४ सय ७१ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा उत्कृष्ट बचतकर्तातर्फ सुनिता पाठक, उत्कृष्ट शेयरसदस्य एनिस रुवाली, असल बचतकर्ता अनिल न्यौपाने, असल ऋणी गौरी बास्कोटा, उत्कृष्ट दुग्ध किसान कल्पना रिमाल, ज्येष्ठ शेयरसदस्य मायादेवी बर्तौला र चन्द्रबहादुर पुडासैनी सम्मानित भएका छन् । कार्यक्रममा दियालो साकोसका बरिष्ठ सल्लाहाकार शिवराज बर्तौला, परिवर्तन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शर्मिला न्यौपाने, मनकामनामाई बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि, स्थानीय संघसंस्थाका प्रतिनिधिको आतिथ्यता रहेको थियो ।