तेस्रो नागस्वती भेट्रान्स कपको तयारी पूरा

साझाकुरा
२०८१ मंसिर ४, मंगलवार ११:१०

हेटौंडा- हेटौंडामा दुई लाख राशीको राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक नागस्वती भेट्रान्स क्लबले ४ मंसिरदेखि ८ गतेसम्म हुने तेस्रो राष्ट्रिय रनिङशिल्ड ‘एट ए’ साइड फुटबल प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।क्लबका अध्यक्ष सोम बहादुर तितुङले प्रतियोगितामादेशभरका ४० वर्ष माथि उमेर समूहका खेलाडीको सहभागिता रहने बताए । प्रतियोगितामा विजेतालाई २ लाख १ हजार र उपविजेतालाई एक लाख १ हजार नगदसहित शिल्ड पुरस्कार रहेको क्लबका अध्यक्ष तितुङले बताए । उनले प्रतियोगितामा देशभरका १५ वटा क्लबको सहभागिता रहेको जानकारी दिए ।

प्रतियोगिताको लागि २० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराकासाथ आयोजना गर्न लागेको प्रतियोगिताले पूर्वखेलाडीको मनोबल उच्च राख्न सहयोग पुग्ने उनले विश्वास लिए । चार वर्षअघि स्थापना भएको यस क्लबले दुईपटक प्रतियोगिताको उपाधि आफैंले जितेको थियो । प्रतियोगिताको उद्घाटन खेल आयोजक नागस्वती भेट्रान्स र एन.जेजे.भिसी भेट्रान्स सिमराबीच हुनेछ । दोस्रो खेल हेटौंडा भेट्रान्स र पश्चिम चितवन भेट्रान्सबीच हुने आयोजले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*