१६ वर्षदेखि अनवरत् सेवा दिइरहेको हेटौंडा आँखा अस्पताल

साझाकुरा
२०८१ मंसिर ६, बिहीबार ११:२४

हेटौंडा- हेटौंडा सामुदायिक आँखा अस्पतालले १६ वर्षदेखि अनवरत् सेवा दिइरहेको छ । लाखौं नागरिकको जीवनमा ज्योति छरिरहेको आँखा अस्पताल १६ वर्ष पूरा गरेर १७ औं वर्षमा लागेको छ ।५ मंसिर २०६५ मा अष्ट्रेलियन राजदुत ग्राहम लेडले हेटौंडामा साुमदायिक आँखा अस्पतालको उद्घाटन गरेका थिए । नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानको पहिलो शाखाको रुपमा हेटौंडा सामुदायिक आँखा अस्पताल स्थापना भएको हो । हेटौंडापश्चात भक्तपुर र निजगढमा पनि अस्पताल खोली शाखा स्थापना गरिएको छ । स्थापनाकालदेखि हालसम्म अस्पतालमा ८ लाख ९३ हजार जनाले आँखा जाँच गरिसकेका छन् । ६० हजार मोतिविन्दुका बिरामीको शल्यक्रिया भएको छ ।

विभिन्न क्षेत्रमा निःशुल्क आँखा शिविर संचालन गरेर २२ हजारको निःशुल्क शल्यक्रिया गरिएको छ । अस्पतालमा आँखा जाँच, चश्मा जाँच, शल्यक्रिया सेवा, औषधि सेवा प्रदान गरिदै आईरहेको छ । यसका साथै आँखा स्वाथ्य सम्बन्धि जनचेतना प्रदान गर्न बिभिन्न समयमा विद्यालयका शिक्षक, स्वास्थ्य कार्यकता, महिला स्वास्थ्यस्वयम्सेविका, कारखानाका कामदार लगायत बिभिन्न समूहलाई तालिम गोष्ठी आयोजना गर्दै आएको छ ।अस्पतालमा आई आँखा उपचार सेवा लिन नसकेकाहरुलाई ग्रामीण क्षेत्रमा नै पुगी निःशुल्क आँखा शिविर पनि आयोजना गर्दै आइरहेको छ ।

अस्पतालले थाहा नगरपालिका, मनहरी गाउँपालिका र बागमती गाउँपालिकासँग समन्वय गरेर सामुदायिक आँखाकेन्द्र संचालन गरेको छ । त्यसैगरी ईन्द्रसरोवर गाउँपालिका, कैलाश गाउँपालिका र बकैया गाउँपालिकासँगको सहकार्यमा ग्रमीण आँखाकेन्द्र पनि संचालन गरेर त्यस भेगका जनतालाई आँखा स्वास्थ्यसेवा प्रदान गर्दै आईरहेको छ ।राक्सिराङ, भीमफेदी र मकवानपुरगढी गाउपालिकासँग पनि ग्रामीण आँखा केन्द्र स्थापनकोलागि छलफल भई रहेको छ । आगामी दिनमा नयाँ शल्यक्रिया भवन निर्माण गरी सेवा प्रदान गर्नुका साथै न्यून दृष्टि भएका बालबालिकाको लागि पनि छुट्टै सेवा प्रदान गर्ने योजना रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*