प्रजातन्त्र सेनानी संघमा खतिवडा
हेटौंडा- नेपाली कांग्रेसको भातृसंस्था नेपाल प्रजातन्त्र सेनानी संघ मकवानपुरको अध्यक्षमा पुनः दीपकलाल खतिवडा चयन भएका छन् । शनिबार भएको दोस्रो जिल्ला अधिवेशनबाट खतिवडाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।संघको उपाध्यक्षमा अर्जुनप्रसाद देवकोटा, सचिवमा बासुदेव दाहाल चयन भएका छन् । सदस्यमा नीरञ्जनकुमार श्रेष्ठ, रेशमकुमार श्रेष्ठ, राधादेवी कोइराला, ईश्वरप्रसाद देवकोटा, होमप्रसाद न्यौपाने, तीर्थराज जमरकट्टेल, देवलाल श्रेष्ठ, रोहनीप्रसाद सुवेदी चयन भएका छन् । संघले केन्द्रीय प्रतिनिधिमा रामनरेश यादव, बोझबहादुर पण्डित र चन्द्र महर्जनलाई चयन गरेको छ ।
३ वर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन भएको हो ।संघका अध्यक्ष खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय सदस्य तथा बागमती प्रदेश संयोजक गोपाल गिरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने, नगरसभापति उत्सव इटेनी, तरण दल मकवानपुरका अध्यक्ष सन्तोष सापकोटा, महिला संघ मकवानपुरकी सचिव निलम देवकोटा, नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्य घनश्याम नेपाल लगायतको आतिथ्यता रहेको थियो ।