पशुपतिनाथका बालबालिकालाई न्यानो ज्याकेट

साझाकुरा
२०८१ मंसिर २८, शुक्रबार ११:०६

हेटौंडा- विकासका लागि सहयोग र सहकार्य (हेल्पकोड) नेपालले मकवानपुरको मनहरी–४ मसिनेमा रहेको पशुपतिनाथ माविका ५५ जना बालबालिकालाई न्यानो ज्याकेट बितरण गरेको छ । मनहरी गाउँपालिका शिक्षाप्रमुख प्रदीप पराजुली, स्रोत शिक्षक बिदुरबिक्रम थापा, वडाध्यक्ष प्रकाश थापा, विव्यस अध्यक्ष माधव गौतमलेबालबालिकालाई ज्याकेट हस्तान्तरण गरेका हुन् । पशुपतिनाथ माविका ५५ जना विपन्न समुदाय एवम् परिवारका बालबालिकालाई न्यानो ज्याकेट वितरण गरिएको विब्यस अध्यक्ष गौतमले जानकारी दिए । हेल्पकोडले मनहरीका ४ वटा विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई विद्यालय पोशाक, शैक्षिक सामग्री, शिक्षकलाई तालिममा सहजीकरण गर्दै आएको छ ।

हेल्पकोडका कार्यक्रम संयोजक ईन्द्रप्रसाद पाण्डेका अनुसार मनहरी गाउँपालिका–४ को तीनवटा विद्यालय र मनहरी–३ को एक विद्यालयमा दुई सय ६ जना बालबालिकालाई न्यानो ज्याकेट वितरण गरिएको हो । मन्जन, ब्रस, साबुनलगायत स्वास्थ्य सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको थियो । मनहरी–४ को चेपाङ प्रावि, सृजना प्रावि र पशुपतिनाथ मावि तथा मनहरी–३ को नवज्योति प्राविका बालबालिकालाई न्यानो कपडा प्रदान गरिएको हो ।

अतिसिमान्तकृत वनकरिया समुदायका बालबालिका अध्ययन गर्ने नेपालको एकमात्र माविको रुपमा रहेको पशुपतिनाथ माविमा हेल्पकोडले करिव एकसय ७५ जना बालबालिकालाई बिगत वर्षदेखि सहयोग गर्दै आएको छ । चितवनको इच्छाकामना गाउँपालिका, मकवानपुरको मनहरी गाउँपालिका र काठमाडौंको एक नगरपालिकामा बालबालिकाको क्षेत्रमा सहयोग गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*