प्याब्सन हेटौंडाको अध्यक्षमा श्रेष्ठ

साझाकुरा
२०८१ पुष २, मंगलवार ११:५५

हेटौंडा-निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) हेटौंडाको अध्यक्षमा रामकुमार श्रेष्ठ चयन भएका छन् । प्याब्सन नगरकार्यसमिति हेटौंडाको आइतबार सम्पन्न छैठौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले श्रेष्ठलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन गरेको हो ।उनी सनराइज इंग्लिस बोर्डिङ स्कुल, पदमपोखरीका संस्थापक प्रिन्सिपल हुन् । यस्तै अधिवेशनबाट उपाध्यक्षमा श्यामकुमार बानियाँ, सचिवमा सुदीपराज गिरी र कोषाध्यक्षमा अरुण पराजुली चयन भएका छन् । यस्तै सदस्यहरुमा कविता मुडभरी, शंकर खत्री र दिलबहादुर थापा सर्वसम्मत भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*