बकैयामा नेपाल शिक्षक संघको प्रतिनिधिसभा

साझाकुरा
२०८१ पुष २, मंगलवार ११:५७

हेटौंडा- मकवानपुरको बकैया गाउँपालिकामा नेपाली कांग्रेसको निकट नेपाल शिक्षक संघ कार्यसमितिको प्रतिनिधि सभा सम्पन्न भएको छ ।कार्यक्रममा नेपाल शिक्षक संघ बकैयाका अर्थसचिव गोमा राणाभाटले आर्थिक प्रतिवेदन र सचिव सुनिल खनालले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाली कांग्रेस मकवानपुर जिल्ला कार्यसमिति उपसभापति तथा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यता, नेपाल शिक्षक संघ मकवानपुर जिल्ला अध्यक्ष गणेश हुमागाईंको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बकैया–११ का वडाअध्यक्ष तथा बकैया गाउपालिका सामाजिक विकास संयोजक गोपालबहादुर नेसुर, बकैया–१२ का वडाअध्यक्ष ज्ञानेन्द्र बजगाईं, नेपाल शिक्षक संघ जिल्ला सचिव श्रीराम लुइटेल, जिल्ला अर्थसचिव धनबहादुर बल, जिल्ला सहसचिव निर्मला तिमल्सिना, नेपाली काँग्रे्रेस बकैया–४ वडा इकाईसभापति तथा बकैया शिक्षा समिति सदस्य सुनिल बोम्जन, नेपाल शिक्षक संघ हेटौंडा उपमहानगर अध्यक्ष मन्दिरा घिमिरे, नेपाली कांग्रेस मकवानपुर जिल्ला सदस्य श्रीबहादुर राईलगायतको उपस्थिति थियोे । कार्यक्रम नेपाल शिक्षक संघ बकैयाका अध्यक्ष कुमारराज स्याङ्बोको सभाध्यक्षातामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*