गणपतिबाबा सहकारीको १३ औं साधारणसभा

साझाकुरा
२०८१ पुष ७, आईतवार १३:३८

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–२ मानसचोकमा रहेको गणपतिबाबा बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा शनिवार हेटौंडा–६ बारुतेमा वनभोज, स्वासथ्यपरीक्षण सहित सम्पन्न भएको छ ।नगरप्रमख मीना लामाको प्रमुख आतिथ्यता एवम् सहकारी अध्यक्ष कमलराज मैनालीको सभाध्यक्षतामा साधारणसभा भएको हो । साधारणसभामा अध्यक्ष मैनालीले संस्थागत प्रतिवेदन, सचिव झलकप्रसाद गौतमले सचिवको प्रतिबेदन, कोषाध्यक्ष भीमप्रसाद तिमल्सिना ‘पवन’ले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

साधारणसभामा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, नेपाल जग्गा तथा आवास ब्यवसायी महासंघका अध्यक्ष बिष्णुप्रसाद घिमिरे, बरिष्ठ अधिवक्ता ईश्वराराज ढकाल, अधिवक्ता धू्ब चौलागाईलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उत्कृष्ठ बालबचतकर्ता हेटौंडा–१६ का बैभवी खतिवडा, हेटौंडा–२ का रिदम पौडेल, उत्कृष्ठ जेष्ठनागरिक बचततर्फ यशोदा मैनाली, असल ऋणी तारा कोइराला, नबीनराज मोक्तानलाई सम्मान गरिएको थियो ।

अधिक समयावधि निक्षेपकर्ता राजनप्रसाद आचार्य, बिजयलाल श्रेष्ठ, अधिक सेयर खरिदकर्ता झलकप्रसाद गौतम, उत्कृष्ठ गणपतिबाबा बचतकर्ता खिलप्रसाद पौडेल, डिल्लीप्रसाद दाहाल, उत्कृष्ठ मासिक बचतकर्ता सृजना मगर, समन मैनाली, दैनिक बचतकर्ता समरसिंह प्रधान, रोहिनीप्रसाद गौतम, खुत्रुके बचतकर्ता प्रशंसा तिमल्सिना, अरुण चौलागाई, सहकारी अभियानकर्मी सम्मानबाट तुलसीप्रसाद संग्रौला, निर्मला अधिकारी र स्वास्थ्य सम्मानबाट भरतबहादुर कार्कीलाई सम्मानीत गरिएको थियो ।

सहकारीलाई यहाँसम्म ल्याउन महत्वपूर्ण योगदान पु¥याएकोमा सहकारीका प्रबन्धक युवराज तिमल्सिनालाई कदरपत्र सहित सम्मान गरिएको थियो । चुरेहिल अस्पतालका स्वास्थ्य टोलीको सहयोगमा गरिएको स्वास्थ शिबिरमा संस्थाका करिब ३ सय जनाले स्वास्थ्य परीक्षण गराएका थिए । हेटौंडा उपमहानगर सहकारी महाशाखाप्रमुख हिमप्रसाद पौडेलले नगरका सहकारी मध्ये उत्कृठ हुन सफल गणपतिबाबा सहकारीको टिमले नीतिनियम सही रुपमा पालना गरेको बताए ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्षका उमेद्वार अनिल अग्रवाल र प्रमोदसिंह रानाभाटले सहकारीसँग समन्वय गर्ने बताए । निर्वाचन प्रक्रियामा होमिएका अध्यक्षका दुबै प्रत्यासीले आफ्नो पक्षमा मतदान गरी बिजयी बनाउन आग्रह गरेका थिए । सहकारीमा आबद्ध १४५५ पुरुष र ८५८ महिला सदस्यको एक करोड ३५ लाख रुपैयाँ सेयरपूँजी लगानी गरेका छन् । संस्थाको जगेडा कोषमा २४ लाख, अन्य कोषमा १७ लाख ७३ हजार रुपैयाँ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*