मकवानपुरमा ६ महिनामा ८७ विगाहा गाँजा र अफिम फँडानी
हेटौंडा-जिल्ला प्रहरी कार्यालय मकवानपुरले असारयता मात्रै ६ महिनाको अवधिमा ८७ विगाहा क्षेत्रफलमा लगाइएको लागूऔषध गाँजा र अफिम फँडानी गरेको छ ।प्रहरीले गत असार ७ गतेदेखि शनिबारसम्ममा थाहा नगरपालिका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका र बागमती गाउँपालिकाको विभिन्न क्षेत्रमा लगाइएको गाँजा र अफिमखेती नष्ट गरेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । ७५ बिगाह ७ कठ्ठा गाँजाखेती र १२ बिगाह ३ कठ्ठा अफिमखेती नष्ट गरेको मकवानपुर प्रहरीले जनाएको छ । फँडानी गर्न बाँकी रहेका अन्य स्थानमा क्रमशः अभियानकारुपमा फँडानी तथा नष्ट गरिने प्रहरीले जनाएको छ ।