नौलोबिहानी कृषि सहकारीको साधारणसभा
हेटौंडा-हेटौंडा उपमहानगरपालिका–६ चौघडामा रहेको नौलोविहानी कृषि सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा शनिवार भएको छ ।बागमती प्रदेश उद्योग, वाणिज्य तथा प्रशासनमन्त्री सुकमाया तामाङको प्रमुख आतिथ्यता एवम् सहकारी अध्यक्ष विष्णुप्रसाद ढुंगानाको सभाध्यक्षतामा साधारणसभा भएको हो । साधारणसभामा संस्था अध्यक्ष ढुंगानाले संस्थागत प्रतिवेदन, लेखा संयोजक गोपालचन्द्र भट्टराईले लेखा समितिको प्रतिवेदन, कोषाध्यक्ष देवेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन र उपाध्यक्ष जयराम घिमिरेले ऋण उपसमितिको प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा सञ्चारकर्मी मणिराज गौतम, नियमित बचतकर्ता रामकुमारी देवकोटा, असलऋणी राजु गौतम, ज्येष्ठ शेयरसदस्य हाजिरमान डिमडुङ र उत्कृष्ट किसान रामनाथ बास्तोलालाई पुरस्कृत गरिएको थियो । साधारण सभामा हेटांैडा–६ का वडाअध्यक्ष विष्णुबहादुर दाहाल, वडासदस्य विजय पौडेल, हेटौंडा उपमहानगर सहकारी महाशाखा प्रमुख हिमप्रसाद पौडेल, संस्थापक अध्यक्ष राघव न्यौपाने, निवर्तमान अध्यक्ष भरत सापकोटा, हेटौंडा–६ का निवर्तमान अध्यक्ष अर्जुनप्रसाद चौलागाई, गरिबी निवारण सहकारी अध्यक्ष कृष्णप्रसाद सापकोटा, कामधेनु बहुउद्देश्यीय सहकारी उपाध्यक्ष केशव धिताललगायतको उपस्थिति थियो ।