जलवायु कार्यको स्थानीयकरण विषयक आज प्रदेशस्तरीय संवाद

साझाकुरा
२०८१ पुष ८, सोमबार ११:४९

हेटौंडा-हेटौंडामा आज सोमबार जलवायु कार्यको स्थानीयकरणः सार्वजानिक सम्पदा संरक्षण र न्यायमा लैंगिक दृष्टिकोण विषयमा बागमती प्रदेशस्तरीय संवाद कार्यक्रम हुने भएको छ ।आइतबार पत्रकार सम्मेलन गर्दै एक्सन एड परियोजना कार्यक्रम संयोजक कविता बस्नेतले जानकारी दिएकी थिइन् । बागमती प्रदेश सरकारका मुख्यमन्त्रीको उपस्थितिमा संवाद कार्यक्रम हुने उनले बताइन् । संघीय सरकारले निर्माण गरेका जलवायुसम्बन्धी नीति, ऐनलाई स्थानीय तहसम्म ल्याउँदा परेको कठिनाई, समस्यालाई कसरी समाधान गर्ने भनी बृहत छलफल गरिने बताइन् ।

कार्यक्रममा प्रदेशका एक सय भन्दा बढीको सहभागिता रहने जनाइएको छ । वनसँग जोडिएका विभिन्न विज्ञका साथै मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख, युवा नेतृत्वको सहभागितामा छलफल कार्यक्रम गरिने बताइएको छ । कार्यक्रममा चितवन सक्रिय महिला प्रतिष्ठान र मकवानपुर महिला समूहको सहकार्यमा आयोजना गर्न लागेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*