सहज र प्रभावकारी सेवाप्रदान गर्न मन्त्री लामाको निर्देशन

साझाकुरा
२०८१ पुष ९, मंगलवार ०९:४२

हेटौंडा-बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले सेवाग्राहीलाई सहज र प्रभावकारी सेवाप्रदान गर्न निर्देशनात्मक आग्रह गरेकी छन् ।मन्त्री लामाले सोमबार उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको मातहतमा रहेको चितवन उद्योग तथा वाणिज्य कार्यालयको नवनिर्मित भवनको उद्घाटन गँर्दै यस्तो आग्रह गरेकी हुन् । मन्त्री लामाले कार्यालयमार्फत् एकद्वार प्रणालीबाट सेवा उपलब्ध गराउन जोड दिइन् । उनले यस भवन संचालनले सेवाप्रवाह थप प्रभावकारी हुने विश्वास व्यक्त गरिन् ।

साथै एकीकृत सेवाप्रवाह कक्ष संचालनमा आएको कार्यालयका प्रमुख विनोद पौडेलले जानकारीदिए । उनका अनुसार, नवनिर्मित भवन संचालनमा आएसँगै सेवाग्राहीलाई क्युआर कोडमार्फत राजस्व भुक्तानी, नागरिक बडापत्र, निःशुल्क वाईफाई, स्तनपानकक्षर प्रतीक्षालय कक्षको सुविधा प्रदान गरिनेछ ।प्रदेश सचिव राजेन्द्र कुमार केसीको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, चितवन उद्योग संघका अध्यक्ष मदन भण्डारीलगायत अन्य विशिष्ट व्यक्तिको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*