हेटौंडाका कृष्णको दूध बेचेरै मासिक ८ लाख आम्दानी

साझाकुरा
२०८१ पुष १३, शनिबार १३:४१

हेटौंडा, १२ पुस÷१७ वर्षको वैदेशिक रोजगारीपछि हेटौंडामा पुख्र्यौली १५ कठ्ठा जमिनमा फार्म निर्माण गरी पशुपालनमा सक्रिय रहेका कृष्णप्रसाद घोरासैनी कृषिमा देखिएको सम्भावनालाईचरितार्थ गर्ने सोचमा छन् ।हेटौंडा–६ निवासी कृष्णप्रसाद घोरासैनी खाडी मुलुकबाट फर्किएर चार वर्षदेखि भैँसीपालन पेसामा रमाउँदै आएका छन् । युवा पुस्तालाई चुनौतीदिँदै उनी भैँसीपालनमा सक्रियछन् । घोरासैनीको दैनिकी झिसमिसेमा उठेदेखि साँझसम्म गोठमै बित्ने गर्दछ ।

उमेरले ५० वर्ष टेक्न लागेका उनी अहिले पनि भैँसीगोठमा हुने सबै कार्यमा सक्रिय छन् । बिहानको गोठधन्दा सकेर दूधको क्यान बोक्दै स्थानीय खुवाबजार चुच्चेखोलामा भेटिएका घोरासैनी पशुपालन पेसाबाट सन्तुष्ट देखिन्छन् । यस पेसामा हेर्ने दृष्टिकोण सकारात्मक नपाए पनि विदेशमा पसिना बगाउनुभन्दा स्वदेशमै केही गरौँ भन्ने उद्देश्यले पशुपालनमा लागेको उनले सुनाए । सुरुमा नेपाल आए पनि के काम गर्ने ? भनेर अलमल परियो, साथीभाइ आफन्तसँगको सल्लाहमा नमुना कार्य गर्ने भन्दै यस पेसामा आकर्षित भएको उनी बताउँछन् ।

पशुपालनमा सक्रियरहेका घोरासैनी कृषिमा देखिएको सम्भावनालाई चरितार्थ गर्ने सोचमा छन् । उनी २०५९ सालपछि साउदी अरब, यूएई, कतारलगायतका देशमा रोजगारीको सिलसिलामा पुगेका थिए । लामो समय विदेश बस्दा सन्तुष्टि नमिलेपछि २०७७ सालमा उनी स्वदेशमै कृषि तथा पशुपालनक्षेत्रमा केही गर्ने सोच बोकेर फर्किए ।औद्योगिक वातावरण स्वास्थ्य र सुरक्षा विषयमा स्नातक तहमा इन्जिनियरिङ अध्ययनगरेका घोरासैनीले नेपालमा तत्कालीन जिल्ला विकास समिति मकवानपुर, रुकुमलगायतका जिल्ला तथा चमेलिया–दार्चुला सडक खण्डको गुणस्तर निर्धारक भएर पाँच वर्ष काम गरेका थिए । तत्कालीन समयमा मुलुकमा जारी सशस्त्र जनयुद्धका कारण काम गर्ने अवस्था नभएपछि उनले विदेश जानुको विकल्प देखेनन् ।

‘त्यसबेलाको कुरा गर्दा पनि आँशु आउछ, स्वेदेशमै केही गर्छु भनेर सरकारी सेवागरेको थिएँ तर, काम गर्ने वातावरण नबनेपछि बाध्य भएर विदेसिनु प¥यो’, उनले भने ।१७ वर्ष विदेश बस्दा पैसा कमाए पनि देशप्रतिको मोहले उनलाई छाडेन । स्वदेशमै केही गरौँ भन्ने उद्देश्यले गाउँ फर्किएका उनले अन्ततः पशुपालन व्यवसायलाई रोज्न पुगे । उनले २०७७ सालदेखि गाईभैँसीपालनलाई पेसागत रुपमा थालनी गरे । यससँगै माछापालन पनि गरे । हेटौंडा–१७ गैरीगाउँमा पुर्खौली जमिनमा १३ वटा गाई र सातवटा भैँसीपालनबाट यो पेशा सुरु गरेका उनले उतिबेला सोचेजस्तो आम्दानी पाएनन् ।

ठूलो लगानीमा होमिएका उनले सरकारीस्तरबाट पनि खासै अनुदान नपाएको गुनासो गरे । युवालाई नेपालमै स्वरोजगारमूलक नीति ल्याउने राज्यले काम गर्न खोज्ने युवालाई झन्झटिलो प्रक्रियामा गाँजेपछि घोरासैनीको मनमा चिसो पस्यो । त्यतिबेलामा देशमा गाईपालनको पेसामा धेरै जनाको आकर्षण बढे पनि गाईबाट उत्पादित दूध निकासीमा सुस्त देखेपछि लगभग एक वर्ष उनले घाटामै फार्म सञ्चालन गरे ।

स्थानीय खुवा बजारमा भैँसीको दूध आवश्यक देखेपछि आफू भैँसीपालनतर्फ आकर्षित भएको बताए । दूध बिक्रीमा कुनै समस्या नभएको उनको भनाइ छ । करिब डेढ करोड रुपैयाँको लगानीबाट उनले जैमिनी एग्रोफार्म कम्पनी प्रालिमार्फत पशुपालनमा हात हालेका हुन् । स्थानीय बजारमा गुणस्तरीय दूधको आपूर्ति गर्ने सोच बोकेर रोजगार तथा स्वरोजगार, उद्यमशीलताको नमूना बन्ने र कृषिमा देखिएको सम्भावनालाई युवा पुस्तामाझ आकर्षित गर्ने उद्देश्यले पेसामा होमिएको उनको भनाइ छ ।

बजारको माग धान्न अब भैँसीको संख्यालाई सयकोहाराहारीमा पु¥याउने उनको सोच छ । भैँसीको संख्या बढाएर अझ फार्मलाई बृहत बनाउने सोच रहे पनि लगानीको अभावमा व्यवसाय विस्तार गर्न नसकेको उनकोभनाइ छ ।अनेक कागजी झन्झटका कारण सरकारी अनुदान नलिए पनि सहुलियत कर्जामा उनले यस पेसालाई निरन्तरता दिँदै आएका छन् । दूध बिक्रीबाट मासिक आठ लाख ५० हजार रुपैयाँ आम्दानी हुने गरेको उनी बताउँछन् । पशुआहार, कर्मचारी व्यवस्थापनमा मासिक सात लाख रुपैयाँ खर्च हुने गरेको उनको भनाइ छ । उनको फर्ममा अन्य पाँच जनाले रोजगारी पाएका छन् ।

समाजबाट यस पेसाप्रति अपेक्षाकृत सहयोग नपाएको दुखेसो गर्दै स्थानीय सरकारले वास्तविक कृषकलाई चिनेर कृषिनीति निर्माणमा भएको कमीकमजोरी सुधार गर्नसके यस पेसामा युवाको आकर्षण बढ्ने उनको बुझाइछ । घोरासैनीले १० कठ्ठा जग्गामा माछापोखरी बनाएर माछापालन व्यवसायलाई पनि सँगै लगेकाछन् । उनले तीन लाख रुपैयाँ खर्चेर पोखरी निर्माण गरी त्यसमा विभिन्न प्रजातिका एक हजार माछाका भुरा हालेका छन् ।पोखरीमा रौ, कमनकार्प, बिगहेड, ग्रासकार्पलगायत प्रजातिका माछा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*