अनेमसंघ थाहाको नयाँ कार्यसमिति चयन
हेटौंडा-नेकपा एमाले निकट अखिल नेपाल महिला संघ थाहा नगरकमिटीको अध्यक्षमा यसोदा अधिकारी सर्वसम्मत चयन भएकी छन् ।१२ पुसमा भएको तेस्रो नगर सम्मेलनले अधिकारीको नेतृत्वमा ३३ सदस्यीय नगरकमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा मेनुका ढकाल, सचिव जानकी श्रेष्ठ, कोषाध्यक्ष गंगा घले र उपसचिवमा निशा दोङ निर्विरोध भएका छन् । कमिटीका सदस्यहरुमा दुर्गा विडारी, प्रतिमा श्रेष्ठ, सावित्रीदेवी ढकाल, निर्मला ढकाल, बिमला कार्की, अनिता कार्की, पार्वती अधिकारी, सृजना अधिकारी, राधिका खड्का, सपना वाइबा, सविता सुवेदी, सुमित्रा लामा, काइलीमाया थिङ, मुना माया मोक्तान, कान्छीमाया वाइबा, रोजिना महर्जन र बिमला जिम्बा चयन भएका छन् ।
यसैगरी कमिटीको सदस्यहरुमा रोजिना महर्जन, बिमला जिम्बा, जानुका बस्नेत, बिपना गमाल, सोममाया बल, सरिता गोले, सुशिला मगर, सुकुमाया स्याङ्तान, राधा गोपाली, मेनुका बर्तौला, बिमला गोले, सुनितामाया लामा र पार्वती सुनार सर्वसम्मत चयन भएका छन् ।नगर सम्मेलनमा प्रमुख अतिथि अनेमसंघ केन्द्रीय सदस्य पार्वती राना, जिल्ला अध्यक्ष सुमित्रा काफ्ले, एमाले प्रदेश कमिटी सदस्य बरिना बल, जिल्ला सदस्यहरु बिमल ढकाल, हरि गोपाली, सुनिता दोङ, तुलसा विष्ट, नगरअध्यक्ष सुरेन्द्रमान प्रधान, उपाध्यक्ष हेमकुमार थिङ, सचिव सुजनकुमार रायमाझी, पूर्वसचिव रामकृष्ण बस्नेत, नगर सदस्यहरु गौतमराज श्रेष्ठ, राजाराम रायमाझी, किशु रायमाझी, कमल कार्की, गोमा कार्कीलगायतको आतिथ्यता थियो । नवगठित कमिटीलाई जिल्ला अध्यक्ष काफ्लेले शपथ गराइन् । सम्मेलनको अवसरमा बिगतमा अनेम संघको नेतृत्व लिई संगठनलाई पु¥याएको योगदानको कदर गर्दै १२ जना पूर्वमहिलानेतृलाई सम्मान गरिएको थियो ।