सगरमाथा सहकारीको २४ करोड ८० लाख कारोबार

साझाकुरा
२०८१ पुष १४, आईतवार ०९:३५

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–४, स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३औं साधारण सभा भएको छ ।जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यता तथा सहकारी अध्यक्ष आयुषकुमार डोटेलको सभाध्यक्षतामा शनिवार वार्षिक साभारणसभा भएको हो । सहकारीले २०८१ को असारमसान्तसम्म २४ करोड ८० लाख २० हजार ७ सय २३ रूपैयाँ कारोबार गरेको छ । सहकारीले आर्थिक वर्ष २०७९/८० मा २२ करोड ६४ लाख २५ हजार ७ सय ४४ रूपैयाँ कारोबार गरेको थियो । एक वर्षमा सहकारीले २ करोडको कारोबार बढाएको साधारणसभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

आव २०७९/८० मा शेयर सदस्य ५६०३ रहेको सहकारीले ०८०/८१ मा ६७२१ शेयर सदस्य पुर्याउन सफल भएको छ । शेयर पुँजी २ करोड ७९ लाख ५७ हजार रहेको छ । गत आवा शेयर पुँजी २ करोड ५९ लाख ८८ हजार रहेको थियो । निक्षेप संकलन ७९ करोड ६९ लाख ३३ हजार ७ सय ५९ रुपैयाँ, बचत २० करोड ७१ लाख १४ हजार ४ सय २९ रुपैयाँ रहेको अध्यक्ष डोटेलले जानकारी दिए । सहकारीले आव ०८०/८१ मा १८ करोड ९७ लाख ३६ हजार कर्जा लगानी गरेको छ । १६ करोड ७२ लाख ६९ हजार ८९ रुपैयाँ कर्जा असुल गरी उठ्न बाँकी छ । व्याज खर्च कटाई कुल आम्दानी २ करोड ४ लाख ३३ हजार ७ सय रुपैयाँ पुर्याउन सफल भएको अध्यक्ष डोटेलले बताए ।

साधारण सभामा हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देल, हेटौंडा उपमहानगरका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, राष्टिय सहकारी बैंक हेटौंडाका प्रमुख रामेश्वर अर्याल, कानुनी सल्लाहकार मुकुन्द अधिकारी, नेफस्कुन फिल्ड व्यवस्थापन समितिका राजु गौतम, सहकारीका उपाध्यक्ष श्रीराज खतिवडा, कोषाध्यक्ष निशा सिग्देल लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*