हेटौंडा एडभेञ्चर क्लबको साधारणसभा, अध्यक्षमा सुवेदी

साझाकुरा
२०८१ पुष १४, आईतवार ०९:३९

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–७, स्थित हेटौंडा एडभेञ्चर क्लबको शनिवार प्रथम वार्षिक साधारणसभा भएको छ । हेटौंडा–१८ गुम्बाडाँडा पार्कमा भएको साधारणसभाबाट क्लबको अध्यक्षमा पुनः सुशील सुवेदी चयन भएका छन् ।क्लबका अध्यक्ष सुवेदीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका पूर्वखानेपानी उर्जा तथा सिचाइ मन्त्री एकालाल श्रेष्ठ प्रमुखअतिथि रहेका थिए । सभामा ७ नम्बर वडाका निवर्तमान वडाअध्यक्ष राजन थापा, टिम टेलिभिजनका अध्यक्ष नवराज खतिवडा, समाजसेवी सुबोध रिमाल, उर्मिला श्रेष्ठ, सल्लाहकार किरण लामिछाने, प्रेमप्रसाद चौलागाईं लगायतको उपस्थिति रहेको थियो ।

क्लबका सचिव मनोज कुमार गौतमले सञ्चालन गरेको कार्यक्रममा पूर्वमन्त्री श्रेष्ठले क्लबले समाजिक र पर्यटकीय क्षेत्रमा गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि रचनात्मक कार्य गर्न प्रोत्साहन गरे । श्रेष्ठले क्लबले गर्ने कार्यक्रमको उचित योजना बनाएर पेश गरेमा प्रदेश सरकारबाट समेत सहयोग हुने बताए । साधारणसभामा अध्यक्ष सुवेदीले प्रतिवेदन पेश गरेका थिए ।

साधारणसभाबाट सुवेदीको अध्यक्षयतामा १३ सदस्यीय कार्यसमिति चयन भएको छ । क्लबको उपाध्यक्षमा पुरुषोत्तम रिमाल, सचिवमा मनोजकुमार गौतम, सहसचिवमा सीताराम तिमल्सिना, कोषाध्यक्षमा जमुना गौतम चयन भए । सदस्यमा अशोक चौलागाईं, निसना आचार्य, लक्ष्मी अधिकारी, ओमप्रसाद फुँयाल, अप्सरा पौडेल, विक्रम लुईटेल, बिजयराज थिङलगायत रहेका थिए । कार्यसमितिको अवधि ३ वर्षको रहने छ । क्लबले सामाजिक खेलकुद तथा पर्यटकीय क्षेत्रमा कार्य गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*