मकवानपुरमा मनाइयो राष्ट्रिय टोपी दिवस

साझाकुरा
२०८१ पुष १८, बिहीबार १०:५३

हेटौंडा- मकवानपुरमा १२ औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइएको छ । नेपाली संस्कृति, परम्परा र राष्ट्रिय पहिचानको रुपमा रहेको नेपाली टोपीको महत्व र गरिमालाई कायम राख्न मकवानपुरका विभिन्न ठाउँमा टोपी दिवसका अबसरमा कार्यक्रम आयोजना भएका छन् ।लियो क्लब अफ हेटौंडा भुटनदेवी सेन्टिनियल, लियो लाइन्स क्लब अफ हेटौंडा स्वर्णिम भविष्य र लियो जिल्ला परिषद् नेपाल एरिया–२ को संयुक्त आयोजनामा हेटौंडामा बुधवार कार्यक्रम आयोजना गरिएको छ । नितेश राईको सभाध्यक्षतामा र हेटौंडा उपमहानगरपालिका–४ का अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । हुप्रचौरबाट सुरु भएको ¥याली शितलमहल चोक, पारिजातपथ र सीमाचोक हुँदै मेनरोड भएर बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

वडाध्यक्ष सिग्देलले नेपाली टोपीलाई एउटा पोशाकका रुपमा मात्र नहेरी यसलाई नेपाली स्वाभिमान, संस्कृति र इतिहासको जीवन्त प्रतीकका रुपमा हेर्नुपर्ने आवश्यकतामा जोड दिए । उनले नेपाली टोपीको प्रवद्र्धनले व्यापार र पर्यटन क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याउन सक्ने बताए ।हेटौंडा उपमहानगरपालिका पूर्वमेयर हरिबहादुर महतले टोपी दिवसको शुभकामना दिँदै यस परम्परागत् पहिचान संरक्षण र सम्बद्र्धन गर्न सबै नेपालीको साझा दायित्व रहेको बताए । ¥याली र कोणसभा कार्यक्रममा ‘टोपी लगाऔं, राष्ट्रियता जोगाऔं’ र ‘हाम्रो शान, हाम्रो पहिचानः नेपाली टोपी’ जस्ता नारा घन्किएको थियो ।

कार्यक्रममा करिब २ सय भन्दा बढी टोपी निःशुल्क वितरण गरिएको थियो । अभियानले नेपाली टोपीको संरक्षण र प्रवद्र्धन गर्दै राष्ट्रिय पहिचान र एकतालाई बलियो बनाउने कार्यमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । कार्यक्रमका सहभागीले ढाका टोपी र भाद्गाउँले कालो टोपीलाई राष्ट्रिय पहिचानको आधिकारिक प्रतीकका रुपमा मान्यता दिन सरकारसँग माग गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*