सर्प उद्दारका लागि ‘गरिव’लाई उपमहानगरको सहयोग

साझाकुरा
२०८१ पुष १९, शुक्रबार ११:०१

हेटौंडा-वातावरण सन्तुलनका लागि महत्वपूर्ण प्राणीको रुपमा मानिने सर्पको संरक्षण र उद्दारका लागि हेटौंडा उपमहानगर पालिकाले सामग्री हस्तातरण गरेको छ ।हेटौंडामा रहेर सञ्चारकर्मका सक्रिय रहका बाबु छोरालाई सर्प उद्दारका लागि उपमहानगरका नगरप्रमुख मीनाकुमारी लामाले सामग्री हस्तान्तरण गरेकी हुन् । अनलाईन सञ्चार माध्यममा सक्रिय रहेका राजेश थापा ‘गरीव’ र रोशनदीप थापालाई सर्प उद्दारमा प्रयोग गरिने स्नेक क्याच, स्नेक टंक, हुक स्टीक, बुटसेट, व्याग, ग्लोब्स, हेड टर्च सहितको सामग्री नगरप्रमुख लामाले हस्तान्तरण गरेकी हुन् । राजेश र रोशन बाबु छोरा हुन् । सामग्री ३५ हजार मूल्य बराबरको रहेको उपमहानगर जिन्सी शाखाले जनाएको छ ।

सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख लामाले सेवामुखी भावले जोखिमपूर्णकार्य बिनासुरक्षा काम गरेकाले सहयोग गरेको बताइन् । उनले सुरक्षित ढ·ले काम गर्नका लागि सहयोग होस् भन्ने उद्देश्यले उपमहानगरले सामग्री उपलब्ध गराएको बताइन् । सकारात्मक कामका लागि उपमहानगरको सहयोग रहने भन्दै सर्प उद्दार गर्दा सुरक्षित भएर काम गर्न शुभकामना दिइन् । उनले पत्रकारितासँगै उपमहानगरभित्रका घरघरमा पुगेर निःशुल्क सेवाका भावले सर्प उद्दार गरेकोमा धन्यवाद समेत दिइन् । उपमहानगर परिसरमा भएको सामग्री हस्तान्तरण कार्यक्रममा नगरप्रवक्ता तथा हेटौंडा–१ का अध्यक्ष सबिन न्यौपाने, हेटौंडा–८ का अध्यक्ष रामकृष्ण थापा, हेटौंडा–९ का अध्यक्ष सुकराम केसीको सहभागिता रहेको थियो ।

उनीहरुले हेटौंडा उपमहानगरभित्रका हरेक वडासहित छिमेकका पालिकाको बस्तीमा घरभित्र पसेका सर्प उद्दार गरेर मानव बस्तीभन्दा टाढा बनक्षेत्रमा लगरे छाड्ने गरेको बताए । सर्पको उद्दार पछि विषालु र अविषालु पहिचान गरी डिभिजन वनसँगको समन्वयमा मानव र सर्प दुबैलाई हानी नहुने गरी बनक्षेत्रमा छाडिने गरेको उनीहरुले बताए । सर्प उद्दारमा खटिदै गर्दा बिनासुरक्षा काम गरेको भन्दै उपमहानगरले आवाश्यक सामग्री उपल्ब्ध गराएकोमा खुशी व्यक्त गरे ।

सर्प उद्दार गर्दै गर्दा आफूहरुले अहिलेसम्म १४ प्रकारका सर्प फेला पारिसकेको र जसमा विषालु कि·कोब्रा, स्पेक्टिकल कोब्रा (गोवन सेतीनाग), मोनोस्लेड कोब्रा (गोवन चन्द्रानाग), ग्रिनपिट भाइपर, बेण्डेड करेत फेला परेका छन् । कम विषालुमा कपर हेडेट ट्रि·ेट, कमन ट्रि·ेट, ट्वीन स्पोटेट, उल्फ् स्नेक, फ्रोस्टेन क्याट स्नेक, चेर्कड किलव्याक, अर्नेनेट फ्ल·ेयाइ स्नेक, बफस्ट्रिप्ड किलव्याक र धामन सर्पको उद्दार गरेको थापाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*