प्याब्सन मकवानपुरको अध्यक्षमा पुनः सुवेदी
हेटौंडा-निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मकवानपुरको अध्यक्षमा पुनः बिनोद सुवेदी चयन भएका छन् । शुक्रबार हेटौंडामा भएको प्याव्सन मकवानपुरको २० औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनबाट सुवेदीको अध्यक्षतामा नयाँ समिति चयन भएको हो ।प्याब्सन मकवानपुरको वरिष्ठ उपाध्यक्षमा राजकुमार नहर्र्की, उपाध्यक्षमा नवीन केसी र लक्ष्मी श्रेष्ठ, सचिवमा विष्णुहरि सुवेदी, कोषाध्यक्ष उपेन्द्र सुवेदी, सहसचिवमा रामबाबु सापकोटा, सहकोषाध्यक्षमा भरत सापकोटा चयन भएका छन् ।
यसैगरी सदस्यमा रमिता पाण्डे, गीता आचार्य र रिना आचार्य चयन भएका छन् । प्याव्सन मकवानपुरका अध्यक्ष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्याव्सन केन्द्रीय अध्यक्ष डीके ढुंगानाको प्रमुख आतिथ्य रहेको थियो ।कार्यक्रममा पत्रकार जमुना थिङ, सुवास बिडारी र बालकृष्ण अधिकारीलाई जनही ५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । संस्थाको संस्थापक अध्यक्ष ऋषिराम आचार्य, पूर्वअध्यक्षहरु आशिष श्रेष्ठ, मदन दाहाल र अनिल पाण्डे र शिक्षकहरु अरविन्दकुमार झा, उमा मगर, सञ्जिव ठाकुरलाई पनि सम्मान गरिएको थियो ।