विषादि व्यवसायी संघको अधिवेशन, अग्रज व्यवसायी सम्मान

साझाकुरा
२०८१ पुष २१, आईतवार १०:१३

हेटौंडा-विषादि व्यवसायी संघ नेपाल (पीइएन) मकवानपुर शाखाको प्रथम वार्षिक साधारणसभा तथा अधिवेशन भएको छ । अधिवेशनले सुबाश मल्ल ठकुरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।संघको उपाध्यक्षमा निराजन बर्तौला, सचिव नेत्र ढुंगेल र कोषाध्यक्षमा कुशराज अधिकारी चयन भएका छन् । यसैगरी सदस्यहरुमा राधाकृष्ण श्रेष्ठ, विश्वराज अधिकारी, सुरेन्द्र न्यौपाने, तुलसीप्रसाद घिमिरे र शशिधर सुवेदी चयन भएका छन् । अधिवेशनमा व्यवसायीको भूमिका, विषादिको प्रभावकारी व्यवस्थापन र यसक्षेत्रको दीर्घकालीन योजनाबारे छलफल गरिएको थियो ।

संघका अध्यक्ष ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीले विषादि व्यवसायलाई व्यवस्थित, सुरक्षित र दिगो बनाउनका लागि विभिन्न सुझाव र योजना प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुखअतिथि संघका केन्द्रीय अध्यक्ष छोटेलाल साहले संघको मूल उद्देश्य विषादि व्यवसायलाई सुरक्षित, जिम्मेवार र व्यवस्थित बनाउँदै किसान, उपभोक्ता, र वातावरणको संरक्षण गर्नु रहेको बताए ।

विषादिको उचित प्रयोग, व्यवस्थापन र गुणस्तरीय उत्पादन सुनिश्चित गर्न आफ्नो भूमिका अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताए । यसैगरी उनले राज्यले कृषि सामग्रीमा लगाएको भ्याट अब्यवहारिक रहेको बताउँदै यसमा सरकारले पुनर्विचार गर्नुपर्नेमा जोड दिए । यस्तै, कृषि ज्ञानकेन्द्र चितवनका प्रमुख झलक कंडेलले बर्तमान समयमा कृषिको उत्पादकत्व वृद्धि गर्न र कीट तथा रोग व्यवस्थापनमा विषादिको महत्वपूर्ण भूमिका रहेको भन्दै यसको जिम्मेवार र सुरक्षित प्रयोग अपरिहार्य रहेको बताए ।

कृषि विकास कार्यालयले किसानलाई विषादिको सही उपयोग, प्रभावकारिता तथा सुरक्षा उपायबारे जनचेतना फैलाउन निरन्तर काम गर्दै आएको छ । व्यवसायीलाई आवश्यक तालिम, ज्ञान, तथा परामर्श प्रदान गर्न सधैं तत्पर रहेको बताए । यस्तै कृषिक्षेत्रको दिगो विकास र किसानको जीवनस्तर सुधार गर्न विषादि व्यवसायी संघको योगदान अमूल्य रहेको बताउदै कृषि ज्ञानकेन्द्रले संघसँग सहकार्य गर्दै कृषिमा नवप्रवर्तन र जिम्मेवार अभ्यासलाई अगाडि बढाउन सधैं तत्पर रहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रमका बीच मकवानपुरमा रहेर लामो समय कृषि तथा विषादि व्यवसाय गर्दै आएका अग्रज व्यवसायीलाई सम्मान गरिएको छ । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल र राजु अधिकारी, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, मकवानपुर शाखाअध्यक्ष बालकृष्ण अधिकारी, नेपाल बीउ व्यवसायी संघ बागमती प्रदेश अध्यक्ष हरिशरण अर्याल, विषादि व्यवसायी संघ निवर्तमान अध्यक्ष विजय कनौडिया, नेपाल फर्टिलाईजर एसोसिएसन प्रदेश उपाध्यक्ष राधाकृष्ण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*