हेटौंडा अटो मोवाइल एसोसिएसनको साधारणसभा

साझाकुरा
२०८१ पुष २१, आईतवार १०:१५

हेटौंडा-हेटौंडा अटो मोवाइल एसोसिएसनको २४ औं वार्षिक साधारणसभाका अबसरमा हेटौंडा–११ थाना¥भयाङमा भवन उद्घाटन गरिएको छ ।नाडा अटो मोवाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करणकुमार चौधरीले भवन उद्घाटन गरेका हुन् । उद्घाटनपछि हेटौंडा–११ स्मारक होटलमा आयोजित सभालाई सम्बोधन गर्दै उनले अटो मोवाइल्स एसोसिएसनमा आबद्ध व्यवसायीहरु संस्थागत उद्देश्य पूरा गर्न एकजुट हुनुपर्ने बताए ।

कार्यक्रममा नाडा अटो मोवाइल्स एसोसिएसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्तालगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम हेटौंडा अटो मोवाइल्स एसोसिएसन मकवानपुरका अध्यक्ष ऋषिकुमार ढकालको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा संस्थाको भवन निर्माणमा सहयोग गर्ने दातालाई सम्मानगरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*