वस्तुगत सदस्यमा राजु नेपालको उम्मेदवारी रहने
हेटौंडा -मुद्रण व्यवसायी संघले मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा वस्तुगततर्फको सदस्यमा संघका अघ्यक्ष राजु नेपाललाई उम्मेदवार बनाउन सर्वसम्मत प्रस्ताव गरेको छ । संघको शनिवार बस्तीपुरमा भएको भेलाले नेपाललाई उम्मेद्वार बनाउने र नेपालको पक्षमा वस्तुगततर्फ सम्पूर्ण व्यवसायीको साझा उम्मेदवारको रुपमा मत माग्ने निर्णय गरेको छ । संस्थापक अध्यक्ष गोकर्ण सुवेदी, संघका केन्द्रीय वरिष्ठउपाध्यक्ष गोपालप्रसाद ढकाल, केन्द्रीय प्रथम उपाध्यक्ष रामप्रसाद घिमिरे, केन्द्रीय सहसचिव खिलानाथ लुईटेलसहित विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधि र पूर्वअध्यक्षको सहभागिता रहेको थियो । कार्यक्रम सचिव पुरुषोत्तम ढकाल्ले संचालन गरेका थिए ।