लैगिंकमैत्री कार्यक्रममा मनहरी गाउँपालिका

साझाकुरा
२०८१ पुष २२, सोमबार १२:२२

हेटौंडा- मकवानपुरको पश्चिमक्षेत्रमा रहेको मनहरी गाउँपालिकाले वातावरण निर्माणको लागि दर्जनौ कार्यक्रम मार्फत् अग्रसरता देखाएको छ ।गाउँपालिकाले बजेट निर्माणको समयदेखि बजेट परिचालको अवस्थासम्म क्रियाकलापलाई नियमित सञ्चालन गर्दै आएको हो । गाउँपालिकाले पछि पारिएका महिला, दलित, जनजाति, अतिसीमान्तकृत महिला तथा अपा·ता भएको महिलाको सबालमा सीपमूलक तालिमको व्यवस्था गर्दै उनीहरुलाई आत्मनिर्भर बनाउने तथा स्वरोजगारमूलक तालिमलाई नियमितता दिएको छ ।

गाउँपालिकाले गत आर्थिक वर्षमा दलित तथा जनजातिको क्षेत्रमा १० लाख रुपैयाँ विनियोजन गरी उनीहरुको आर्थिकस्तर बढाउने सीपमूलक तथा नेतृत्व र व्यक्तित्व विकास तालिम सञ्चालन गरेको हो । गाउँपालिकाले गृहिणी महिला शसक्तिकरण कार्यक्रमअन्र्तगत २८ लाख रुपैयाँ खर्च गरेको जनाइएको छ । गाउँपालिकाको महिला तथा बालबालिका शाखाप्रमुख शिला अधिकारीका अनुसार गाउँपालिकाले गत आर्थिक वर्ष सबै वडामा साबुन बनाउने तालिम, डल कुसन, अचार बनाउनेलगायत तालिम सञ्चालन गर्दै महिला तथा पछि पारिएको समुदायलाई आर्थिकोपार्जनको लागि सहयोगी भूमिका खेलेको छ ।

गाउँपालिकाले वडा नम्बर १,७ र ८ मा समूह निर्माण गरेर पशुपालनमा अनुदान वितरण गरेको उनले बताइन् । चालु आर्थिक वर्षमा गाउँपालिकाले गृहिणीको कार्यक्रमलाई २८ लाख र महिला तथा पछि पारिएको समुदायको शसक्तिकरणको लागि २३ लाख बजेट विनियोजन गरेर काम गरिरहेको छ । मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले आफूहरुले गाउँपालिकामा आएपछि लै·िकमैत्री वातावरण निर्माणको लागि मसिनो ढंगबाट लागिपरेको बताइन् ।

जवसम्म लैगिंकमैत्री वातावरण निर्माण हुन्न तवसम्म गाउँपालिकाले हरेकक्षेत्रमा सफलता हाँसिल गर्न सक्दैन भन्ने विषयलाई केन्द्रमा राखेर आफूहरुले कामलाई अघि बढाएको उनको भनाई छ । गाउँपालिकाको अधिकांश ग्रामीण क्षेत्र गरिवीको रेखामुनी रहेको, अतिसीमान्तकृत समुदायको बसोबास रहेको बताउँदै उपाध्यक्ष मगरले आफूहरु यस विषयमा सचेत हुँदै बजेट निर्माण गरिएको बताइन् । वनकरिया, चेपाङ, बोटे समुदायको बसोबास रहेको कारण उनीहरुलाई हेरेर सोहीअनुसारको कार्यक्रम निर्माण गर्ने गरिएको उपाध्यक्ष मगरको भनाई छ ।

गाउँपालिकाको श्रोत अनुसारको बजेट विनियोजन गर्नुपर्दा सोचेअनुसार सबै क्षेत्रमा बजेट विनियोजन गर्न नपाएपनि मकवानपुरको अन्य गाउँपालिका भन्दा आफूहरुको पालिकामा बजेट विनियोजनको अवस्था सन्तोषजनक भएको उनले बताइन् । गाउँपालिकालाई केन्द्र र प्रदेशले दिने अनुदान र आफूहरुको आन्तरिक श्रोत अनुसारको बजेट व्यवस्थापन गर्नुपर्ने भएको कारण पनि ठ्याक्कै सोचेअनुसारको बजेट भने विनियोजन गर्न नसकिएको उनले बताइन् । मनहरीले लोपन्मुख जनजाति, दलित, महिलाको क्षेत्रमा अन्य गाउँपालिका भन्दा उत्कृष्ट काम गरिरहेको उपाध्यक्ष मगरको दाबी छ ।

आफूहरु जेसी नीति अनुसार अघि बढेको बताउँदै उनले गत वर्षको जेण्डर अडिट गरिएको बताइन् । जेसी अवधारणालाई लागू नगरेसम्म समान सहभागिता र शुसासन कायम हुन नसक्ने भन्दै यो विषयमा आफूहरु निकै गम्भिर रहेको उनको भनाई छ । महिलालाई उत्पादनमूलककार्यमा लगाउनसके मात्र घरेलुहिंसाको घटनामा कमी आउने ठानेर आफूहरुले प्रत्येक वर्ष ती क्षेत्रमा आवश्यक बजेट विनियोजन गरेको र त्यसको परिणाम पनि सकारत्मक देखापर्दै आएको उनको भनाई छ ।

कर्मचारी तहमा भने छैन लैंगिकसमानताजेसी अवधारणामा जानखोजे पनि मनहरी गाउँपालिकामा हालसम्म कर्मचारी संगठन र जनप्रतिनिधिको क्षेत्रमा भने लैगिंकसमानता देखिएको छैन । १ सय ७६ कर्मचारी रहेको गाउँपालिकामा अधिकांश कर्मचारी पुरुष छन् ।महिला कर्मचारीको सहभागिता भने न्युन देखिएको छ । ९ वटा वडा रहेको मनहरीको ८ वडासचिवको रुपमा पुरुष छन् भने जातीय हिसावमा हेर्दा ८ जना ब्राम्हणक्षेत्री समुदायको र एकजना जनजाति समुदायका छन् । मनहरीमा अपा·ता भएका कोही पनि कर्मचारीको रुपमा रहेका छैनन् । यहाँ ९ जना वडाध्यक्ष पुरुष छन् ।

कर्मचारीको सबालमा लोकसेवा आयोगबाट सिफारिस भएर आउने भएका कारण आफूहरु मातहत नहुने गाउँपालिका उपाध्यक्ष मगरले बताइन् । उनले भनिन् ‘हामी आफैंले नियुक्त गर्ने करारको कर्मचारीको हकमा भने हामीले जेसी अवधारणालाई फलो गरेका छौँ तर, संघ र प्रदेश लोकसेवा आयोगको सिफारिसबाट आउने कर्मचारीको विषयमा भने त्यो अवधारणा पूर्णतया लागू भएको छैन ।’यसैगरी, गाउँपालिकाले निर्माण गरेको न्यायिक समूहमार्फत् गाउँपालिकामा हुनेगरेका सामान्य विवाद, घरझगडाहरु मिलाउने गरिएको छ । हिंसामा परेकालाई सेफ हाउस मार्फत् काउन्सिलिङ गरेर परिवारसँग पुनर्मिलनको वातावराण बनाउन गाउँपालिकाले अविभावकीय भूमिका निर्वाह गर्ने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*