मउवासंघमा रानाभाटको प्यानल घोषणा

साझाकुरा
२०८१ पुष २२, सोमबार १२:२६

हेटौंडा- मकवानपुर उद्योग वाणिजय संघको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार बनेका संघका उपाध्यक्ष प्रमोदसिंह रानाभाटले आफ्नो प्यानल घोषणा गरेका छन् । आइतबार साँझ व्यवसायीको भेलामा उनले आफ्नो उम्मेदवारी घोषणासँगै सि·ो प्यानल सार्वजनिक गरेका हुन् । प्रत्यक्ष निर्वाचन हुने गरी गरिएको विधान संशोधनसँगैको पहिलोपटकको हरेक पदमा निर्वाचनको माहोल गर्माएको छ । संघमा वाणिज्यतर्फ, उद्योगतर्फ र एशोसियटतर्फका उम्मेदवारी घोषणा गरिएको छ । संघको यो वर्ष २ हजार ९७ जना मतदाताले आफ्नो ब्यवसायिक प्रतिनिधि चयन गर्नेछन् । अघिल्लो निर्वाचनभन्दा करिब ८ सय मत यस वर्ष न्यून रहेको संघले जनाएको छ ।

रानाभाटले आफ्नो टिम घोषणा कार्यक्रममा संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, सल्लाहकार नरोत्तम दाहाल, सरोजकुमार खनाल, हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष नरेन्द्र भण्डारी, संघका पूर्वअध्यक्षहरु हिटलर विषेत, केशव श्रेष्ठ, उत्तम शर्मा ढकाल, माधव रिसाल, अरुणराज सुमार्गी, महासंघका केन्द्रीय सदस्य एवम् निवर्तमान अध्यक्ष कृष्ण कटुवाललगायत संघमा आवद्ध विभिन्न वस्तुगत संघका अध्यक्षको आतिथ्यता रहेको थियो ।

रानाभाट नेतृत्वको प्यानलबाट अध्यक्ष रानाभाट, महासचिव प्रतिमा श्रेष्ठ, कोषाध्यक्षः श्रीकृष्ण कर्माचार्य (भाइ), सहकोषाध्यक्षः निलम वैद्य, वाणिज्यतर्फ उपाध्यक्ष रामप्रसाद न्यौपाने, सचिव कुलप्रसाद चौलागाई, सदस्यहरु राजेन्द्र लामिछाने (राजेश), सन्तोष घिमिरे, राजदेव बनियाँ, होमनाथ खनाल (रोशन), महिला आरक्षणमा निलम बजगाई देवकोटा रहेका छन् ।

एशोसियटतर्फ उपाध्यक्ष उज्ज्वल चौलागाई, सचिव माधव ज्ञवाली, सदस्यहरु अंकिता सुमार्गी पराजुली, नवराज खतिवडा र सुकृत पराजुली रहेका छन् । उद्योगतर्फ उपाध्यक्ष दीपक उप्रेती, सचिव रुपकराज दाहाल, सदस्यहरु जगदीश दाहाल, कृष्णराज कोइराला, भुपेन्द्र अधिकारी, महिला आरक्षणमा सीतादेवी भेटवाल रहेका छन् । वस्तुगततर्फ उपाध्यक्ष प्रदीप अर्याल, सचिव राजाराम कार्की, सदस्य कृष्ण अर्याल रहेका छन् ।

अध्यक्षका उम्मेदवार रानाभाटले आइतबार साँझ भावी योजनासहित घोषणापत्र सार्वजनिक गरेका छन् । प्यानल घोषणा गरेसँगै उनले भावी योजना सार्वजनिक गरेका हुन् । उम्मेदवारीको घोषणापत्र मात्र नभएर निरन्तर प्रयास र प्रतिवद्धताको दृष्ट्रिकोण रहेको रानाभाटले बताएका छन् । पदको लागि होइन, व्यवसायी समुदायको हितका लागि स्थायी र प्रतिवद्ध रुटिनका रुपमा अघि बढाउने उनले बताएका छन् । ‘म सधैं परिवर्तन र सुधारका पक्षमा छु र मैले देखेको र बुझेको अनुभवलाई अन्य व्यवसायीसँग साझेदारी गर्दै सबैको राम्रोको लागि काम गरिरहेको अवस्थामा व्यवसायीको हितको लागि अझ ठूलो र महत्वपूर्ण कदम चाल्न सक्छु भनेर उम्मेदवारी अघि सारेको छु’ रानाभाटले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*