१० र ११ नम्बर वडामा कानुनी शिक्षा अनुशिक्षण

साझाकुरा
२०८१ पुष २३, मंगलवार १०:३५

हेटौंडा-टोल विकास संस्था नगरसमन्वय समिति, हेटौंडा उपमहानगरपालिकाले १० र ११ नम्बर वडामा कानुनीशिक्षा अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।वडामा गठित टोल विकास संस्थाका पदाधिकारी एवम् सदस्यको लागि १ दिने समुदायस्तरीय कानुनीशिक्षा अनुशिक्षणको आयोजना गरेको छ । हेटौंडा उपमहानगरपालिका न्यायिक समितिको सहयोगमा १ दिने अनुशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।

नगरसमन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षता एवम् हेटौंडा उपमहानगर उपप्रमुख राजेश बानियाँको प्रमुखआतिथ्यमा भएको कार्यक्रममा न्यायिक समितिका सदस्य एवम् नगरसमन्वय समितिका सल्लाहकार ज्ञानबहादुर थापा, न्यायिक समितिका सदस्य सन्तुमाया पाख्रिन, टोल विकास संस्था नगरसमन्वय समितिका महासचिव शिबहरि दाहाल, उपमहासचिव देबकुमार श्रेष्ठ, मेलमिलाप केन्द्रका संयोजक यदुवंश खतिवडा, ११ नम्बर वडाका मेलमिलाप संयोजक सर्मिला अधिकारी, वडासमन्वय समिति अध्यक्ष यज्ञ आचार्यलगायतको उपस्थिति थियो ।

कार्यक्रमलाई हेटौंडा उपमहानगरपालिका कानुनअधिकृत सुजन तिमल्सिना, सरस्वती धिमाल, जिल्ला बार एसोसिएसन अध्यक्ष अधिवक्ता अप्सरा बस्नेतले सहजीकरण गरेकी थिइन् । कार्यक्रममा हेटौंडा–१० र ११ नम्बर वडाका ६५ जनाको सहभागिता रहेको थियो । कार्यक्रम नगरका सबै वडामा संचालन गरिने नगरसमन्वय समिति महासचिव दाहालले जानकारी दिएका छन् ।

टोल विकास संस्था नगरसमन्वय समितिले यसअघि १ र २ नम्बर वडामा गठित टोल विकास संस्थाका पदाधिकारी एवम् सदस्यको लागि कानुनी शिक्षा अनुशिक्षण कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा हेटौंडा–१ र २ नम्बर वडाका ७० जनाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*