अढाई वर्षको समीक्षाबाट उपमहानगरको १० बुँदे घोषणा

साझाकुरा
२०८१ पुष २३, मंगलवार १०:४१

हेटौंडा- स्थानीय तहमा निर्वाचित भएका नगरका जनप्रतिनिधिले अढाई वर्षमा गरेका काम र आगामी दिनमा ध्यान दिनुपर्ने विषयमा छलफल भएको छ । पर्यटकीय क्षेत्र सौराहामा भएको दुईदिने छलफलले १० बँुदे घोषणापत्र जारी गरेको हो ।गएका आर्थिक वर्षको समीक्षा, चालु आर्थिक वर्षमा हालसम्मको समीक्षा गर्दै आगामी आर्थिक वर्षको कार्यादेश बारे छलफल गरेको थियो । शनिबार र आइतबार गरिएको छलफलबाट १० बुँदामा निश्कर्ष निकालिएको हेटौंडा उपमहानगरपालिका प्रमुख प्रशासकीय अघिकृत सूर्यप्रसाद गौतमले बताए ।

छलफलमा प्रदेश सरकारसँग लागत सहभागितामा निर्माण गरिएको हेटौंडा–११, थानाभ¥याङ स्थित निर्माणाधीन फलफूल तथा तरकारीको थोकबजारमा प्रदेश सरकारको मन्त्रालय स्थापना गरिएकोप्रति ध्यानाकर्षण गराइएको छ । कृषकका उत्पादनको बजारीकरणका लागि निर्माण गरिएको संरचनामा मन्त्रालय स्थापना गर्नु उपयुक्त नभएको उल्लेख गर्दै निर्माणकार्य पूरा गरेर उपमहानगरपालिकामार्फत् थोकबजार सञ्चालन गर्नुपर्ने निश्कर्ष निकालिएको छ ।

छलफलमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत् हेटौंडा बजारखण्डको सडक विस्तार, एक सयभन्दा कम संख्यामा विद्यार्थी भएका विद्यालयलाई नजिकैको विद्यालय गाभ्ने र गाभिने विद्यालयका विद्यार्थीलाई यातायातको सुविधासहित नजिकको विद्यालयमा समायोजन गर्ने, भुटनदेवी माध्यमिक विद्यालय र आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयलाई गाभेर ठूलो विद्यालय बनाउने, अति विपन्न थामी र चेपाङ समुदायका परिवारको निशूल्क स्वास्थ्यबीमा गरिदिने निर्णय भएको थियो ।

उपमहानगरपालिकाको हालसम्मको उपलब्धीका विषयमा प्रमुखप्रशासकीय अधिकृत गौतमले प्रस्तुती गरेका थिए । छलफलमा प्रदेश सरकारका योजना एकद्वार प्रणालीबाट कार्यान्वयन हुन नसक्दा समस्या भएको जनप्रतिनिधिको भनाइ रहेको थियो । छलफलमा गुणस्तरीय पूर्वाधार निर्माणको विषयले पनि प्रवेश पाएको र हेटौंडा उपमहानगरपालिकाको प्रमुख क्षेत्रको विद्युतीय लाइनलाई भूमिगत गर्न आवश्यक भएकोप्रति जनप्रतिनिधिले सुझाव दिएका थिए ।

औपचारिक छफलका क्रममा जननिर्वाचित जनप्रतिनिधिले १० बुँदे निर्णय गरेको उपमहानगर प्रवक्ता सबिन न्यौपानेले बताए । उनले छलफलमा महिलामुखी सहर निर्माण, राजमार्ग २५ मिटर विस्तार गर्ने विषयमा छलफल भएको जानकारी दिए । नगरप्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको समीक्षामा उपप्रमुख राजेश बानियाँको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*