ईन्द्रसरोवरका प्रधानाध्यापक हेटौंडाको विद्यालय भ्रमणमा

साझाकुरा
२०८१ पुष २३, मंगलवार ११:०२

हेटौंडा- हेटौंडा–४ मा रहेको पुरानो सामुदायिक विद्यालय भुटनदेबी माविको ईन्द्रसरोवर गाउँपालिकाको प्रध्यानध्यापक तथा शिक्षा शाखाको टिमले भ्रमण गरेका छन् ।ईन्द्रसरोवर गाउँपालिका सातवटा सामुदायिक विद्यालयका प्रअ र शिक्षा शाखाका कर्मचारीले हेटौंडाका चारवटा सामुदायिक विद्यालयको अध्ययन अवलोकन तथा भ्रमण गरेका हुन् । यहाँको सामुदायिक विद्यालयमा भएका असल अभ्यास, शैक्षिकगुणस्तर सुधारका लागि शैक्षिक भ्रमण गरिएको ईन्द्रसरोवर–१ मार्खुस्थित सरस्वती बालबोधिनी माविका रामशरण दाहालले जानकारी दिए ।

भ्रमण टोलीले हेटौंडा–४ मा रहेको भुटनदेवी मावि, हटिया–१६ मा रहेको जनप्रिय मावि, हेटौंडा–९ पशुपतिनगरमा रहेको प्रगति मावि र हेटौंडा–५ पिप्लेमा रहेको बालज्योति माविको अध्ययन अवलोकन गरेका हुन् । कार्यक्रममा बोल्दै हेटौंडा–४ का वडाअध्यक्ष एवम् भुटनदेवी मावि ब्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलले शैक्षिक गुणस्तर सुधारमा सबैको भूमिका महत्वपूर्ण हुने बताए ।

उनले शैक्षिक सुधारका लागि शिक्षक शिक्षिका लागि तालिम र क्षमता अभिबृद्वि गर्नुपर्ने बताए । स्थानीय तहले पनि शैक्षिक वातावरण बनाउनुपर्ने बताउदै उनले सम्बन्धित वडा कार्यालयले नतिजाको जिम्मा लिनुपर्नेमा जोड दिए ।भुटनदेवी माविका सहायक प्रअ भरत पोखरेलले विद्यालयको शैक्षिक प्रगतिबारे जानकारी गराएका थिए । कार्यक्रममा भुटनदेवी माविका प्रअ माधवप्रसाद दाहाललगायतले बोलेका थिए । भुटनदेवी माविमा हाल मधेश प्रदेश सहित यहाँका दुई हजार ४५९ जना विद्यार्थी अध्ययनरत छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*