रानी सामुदायिक वनको वार्षिकोत्सव, उपभोक्तालाई सम्मान

साझाकुरा
२०८१ पुष २४, बुधबार १०:१८

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको ३१ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।समूहले वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा उत्कृष्ट उपभोक्तालाई सम्मानित गरेको छ । उत्कृष्ट किसान पम्फादेवी बयलकोटी, उत्कृष्ट पशुपालनमा गोविन्दप्रसाद ढुंगाना, उत्कृष्ट हस्तकलामा बिजु राई, उत्कृष्ट महिला समूहमा सुनौलो महिला आयआर्जन समूहलाई सम्मानित गरिएको हो ।

यसैगरी, उत्कृष्ट उपभोक्तामा राजकुमार फुँयाल, सालक संरक्षणमा शोभा घिमिरे र वातावरण संरक्षणमा लक्ष्मीचरण श्रेष्ठलाई सम्मानित गरिएको थियो । वार्षिकोत्सव कार्यक्रम हेटौंडा–६ का वडाअध्यक्ष, विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवम् वन समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षतामा भएको थियो ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुर अध्यक्ष साधुराम चौलागाईं, समूहका सल्लाहकार कृष्ण विडारी, जनकल्याण साकोसका अध्यक्ष हिमाल पौडेल, मनकामना दुग्ध उत्पादक सहकारीका अध्यक्ष अर्जुनप्रसाद दाहाल, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष प्रकाश कार्की, सुनौलो महिला समूहकी अध्यक्ष पवित्रा रुम्बा, जागरण साकोसका सचिव सरिता विक, नौलोबिहानी कृषि सहकारीका उपाध्यक्ष जयराम घिमिरेलगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*