माण्डुखोलाको पक्की मोटरेबल पुलको उद्घाटन

साझाकुरा
२०८१ पुष २५, बिहीबार ११:१३

हेटौंडा-बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने छोटो दुरीको बैकल्पिक मार्ग हेटौंडा–कुलेखानी–काठमाडौं रुटको भीमफेदी गाउँपालिका–६ माण्डुखोलाको पक्की मोटरेबल पुल उद्घाटन गरिएको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमन मास्केले बुधबार पुलको उद्घाटन गरेका हुन् । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेको यातायात पूर्वाधार निर्देशनालयले १२ करोड ३० लाख रुपैयाँ लगानीमा पुल निर्माण गरेको हो ।

५६ दशमलब ६ मिटर लम्बाईको पुल एमएस सागर निर्माण सेवा पिडारी गुठीले निर्माणको जिम्मा पाएको थियो । २०८० साल असार २२ गते निर्माण सम्झौता भएको पुल समयावधिभित्रै सम्पन्न भएको मन्त्री मास्केले बताए । मन्त्रालयबाट निर्माण भएका आयोजनालाई समयभित्रै सम्पन्न गर्न मन्त्रालयले सहजीकरण गरिरहेको मन्त्री मास्केको दाबी छ । पुल उद्घाटन कार्यक्रममा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, ईन्द्रसरोबर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी, मन्त्रालयका सचिव, महाशाखाप्रमुखलगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*