नगद ५० हजार सहित लोकगायक लामा सम्मानित

साझाकुरा
२०८१ पुष २८, आईतवार ०९:२८

हेटौंडा, २७ पुस÷वासुदेव रिजाल स्मृति प्रतिष्ठान मकवानपुरले लोकगायक सोमबहादुर लामालाई सम्मान गरेको छ । शनिबार हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रतिष्ठानले लामालाई नगद ५० हजार रुपैयाँ सहित सम्मान गरेको हो ।सम्मानित लामा अशक्त अवस्थामै कार्यक्रममा उपस्थित भएका थिए । लामाले आफ्नै शब्द र स्वरमा ‘आलु र तामा हजुर छेपारोलाई जामा, भ्यागुतोलाई स्टकोट’ गीत रेकर्ड गराएका थिए । कार्यक्रममा समाजसेवी कृष्णप्रसाद नेपाललाई नगद १५ हजार रुपैयाँ राशिबाट सम्मानित गरिएकोथियो । प्रतिष्ठानका अध्यक्ष आरसी रिजालको सभाध्यक्षतामा कार्यक्रम भएको हो । यसैबीच प्रतिष्ठानले वासुदेव रिजाल स्मृतिग्रन्थ प्रकाशन गरी विमोचन गरेको थियो ।

पुस्तकलाई साहित्यकार तथा सम्पादक निमेष निखिलले सम्पादन गरेका हुन् । स्मृतिग्रन्थमा विभिन्न क्षेत्रका व्यक्तित्वद्वारा लिखित तथा सञ्चालित ३१ लेख रचना समावेश छन् । कार्यक्रममा स्व. वासुदेव रिजालको व्यक्तित्व तथा योगदानबारे सहभागीले चर्चा गरेका थिए ।कार्यक्रममा सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष संप्रस पौडेल र निवर्तमान अध्यक्ष राजकुमार लामिछानेले हास्यव्य·य रचनावाचन गरेका थिए । कार्यक्रमको सहजीकरण प्रतिष्ठानकी सचिव अनिता न्यौपानेले गरेकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*