मकवानपुर बचतको शेयरपुँजी २ करोड

साझाकुरा
२०८१ पुष २८, आईतवार ०९:४०

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–४ मा रहेको मकवानपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शेयरपुँजी २ करोड रुपैयाँ रहेको छ ।आर्थिक वर्ष २०८०÷८१ मा २ हजार ४ सय ७९ जना शेयरसदस्य आवद्ध रहेको सहकारीको शेयरपुँजी २ करोड २६ लाख १८ हजार ३ सय रुपैयाँ रहेको शनिबार आयोजित २५ औँ वार्षिक साधारण सभाको प्रतिवेदनमा उल्लेख रहेको छ । संस्थाका अध्यक्ष विजयसागर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।

संस्थाका अध्यक्ष श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१÷८२ मा शेयरपुँजी २ करोड ५० लाख रुपैयाँ र ऋण लगानी २० करोड पु¥याउने लक्ष्य रहेको बताए । आर्थिक वर्ष २०८०÷८१ मा सहकारीको निक्षेप संकलन २० करोड २९ लाख २९ हजार ७ सय ९९ रुपैयाँ रहेको छ भने ऋण लगानी १७ करोड २४ लाख ५७ हजार रुपैयाँ रहेको सहकारीको प्रबन्धक विपिनकुमार श्रेष्ठले जानकारी दिए ।

गतवर्ष झैं यसवर्ष पनि सहकारीले नगरक्षेत्रभित्र रहेको मानवीय सेवागर्ने संस्थालाई चामल १ बोरा, ५ केजी दाल, १ बक्सा साबुन र ५ सय रुपैयाँ नगद सहयोग गरेको छ । जसअन्तर्गत मानवसेवा आश्रम, मामाघर परियोजना, अनाथ अपा· बालपुनःस्थापना, ओम वृद्धाश्रम, श्रीमद्भागवत ज्ञानसञ्चार वृद्धाश्रम, हाम्रोघर आश्रम, संस्कृत वेद विद्यालय, आनन्दमार्ग बालआश्रम रहेका छन् ।

यसैगरी सहकारीले जेष्ठ नागरिकमा दिलमाया गौतम र जगन्नाथ शर्माढकाललाई सम्मान गरेको छ भने असल निक्षेपमा रेखाकुमारी रुम्बा र विष्णु शाही, असल ऋणीमा हीरामाया थिङ र उत्तम गुरागाई र एसइइ परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने शेयरसदस्यका छोराछोरीलाई पुरस्कृत गरेको छ । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, सहकारीका सल्लाहकार अशोक शाक्य, संस्थाका उपाध्यक्ष पूर्ण शाक्यलगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*