लामसुरेमा ‘८ ए’ साइड भेट्रान्स फुटवल सुरु

साझाकुरा
२०८१ पुष २९, सोमबार १२:१४

हेटौंडा-तेश्रो संस्करणको स्व.मोहन श्रेष्ठ स्मृति वडास्तरीय ‘८ए’ साइड वडास्तरीय भेट्रान्स फुटबल प्रतियोगिता आइतबार सुरु भएको छ ।उद्घाटन खेलमा वडा नं.४ ले वडा नं.२ लाई १–० गोलअन्तरले पराजित गरेको छ । विजेता टोलीका लागि जर्सी नं.२ का प्रकाश महर्जनले खेलको दोश्रो हाफमा गोल गरेका थिए । खेलको म्यान अफ दि म्याज हेटौंडा–४ का जर्सी नं. २ का खेलाडी प्रकाश महर्जन घोषित भएका छन् । प्रतियोगितामा भोलि तीनवटा खेल हुनेछन् ।

भोलिको पहिलो खेलमा आयोजक हेटौंडा–९ र वडा नं.१६ बीच बिहान सात बजे, दोश्रो खेल दिउँसो १ बजे वडा नं. ६ बिरुद्ध वडा नं.१४ र तेश्रो तथा अन्तिम खेलमा वडा नं. १२ को बिरुद्ध वडा नं. १५ खेल्नेछन् । लामसुरे खेलकुद विकास समितिको आयोजना तथा हेटौंडा उपमहानगरपालिका वडा नं. ९ को मुख्य प्रायोजनमा सुरु भएको प्रतियोगिताको बिजेताले नगद १ लाख ११ हजार १ सय ११, उपबिजेताले नगद ६५ हजार ५ सय ५५ तथा तेश्रो र चौथो हुने टिमले क्रमस १०÷१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको बिधागत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

यसअघि लामसुरे खेलकुद विकास समितिका संयोजक एवम् वडासदस्य बिष्णु रानामगरको अध्यक्षता तथा हेटौंडा उपमहानगर उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटनसत्र संचालन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*