सातौं बागमती गोल्डकप फागुन १ देखि
हेटौंडा, २८ पुस÷ सातौ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता २०८१ आगामी फागुन १ गतेदेखि हुने भएको छ । मकवानपुरको बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता फागुन १ गतेदेखि १० गतेसम्म सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रतियोगिता बागमती ४झुरझुरेस्थित गाउँपालिकाको लगानीमा निर्मित सहिदस्मृति रंगशालामा हुनेछ । यस अघिका संस्करण जनता मावि फापरबारीको खेलमैदानमा हुँदै आएको थियो । प्रतियोगितामा प्रथम हुने टिमले नगद १० लाख र दोस्रो हुने टिमले नगद ५ लाख रुपैंयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बागमती गाउँपालिका खेलकुद विकास
समिति अध्यक्ष रहरसिंह थिङले जानकारी दिए ।
फुटबल खेलको प्रवद्र्धनका लागि गाउँपालिकाले निकट भविष्यमा फुटबल एकेडेमी सञ्चालनमा ल्याउने तयारी गरेको बागमती गाउपालिका अध्यक्ष सर्केश घलानले जानकारी दिए । प्रतियोगितामा ‘ए’ डिभिजनका ७, मोफसलका ३ सहित १० टिमको सहभागिता रहने बताइएको छ । प्रतियोगिता सञ्चालनको लागि करिब ७४ लाख ७३ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैयाँसहित शिल्ड प्रदान गरिने खेलकुद विकास समिति सदस्यसचिव प्रमोद राईले बताए । प्रतियोगिता अन्तरगत छैटौं संस्करणको उपाधि मछेन्द्र युथ क्लव काठमाडौंले जितेको थियो । पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर घर्ती, लेखा अधिकृत झम्कनारायण घलान, मकवानपुर जिल्ला फुटबल संघ कार्यवाहक अध्यक्ष अरुण बल, गाउँपालिका वडाअध्यक्षहरु, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।